खाँदबारी । सभापोखरी गाउँपालिका १ धुपु नजिकैको सभाखोलामा एक पुरुषको शव फेला परेको छ । दिब्येस्वरी हाइड्रोको मुहान साधिको पुल भन्दा माथी बेवारिसे शव फेला गरेको हो ।
खोला छेउमा शव भेटिएको स्थानीयले जानकारी गराएपछि प्रहरीको टोली घटना स्थलमा पुगेको थियो । अन्दाजी २५–३० बर्षको उक्त शव सोमबार साँझ प्रहरीले खाँदबारी अस्पतालको शव गृहमा ल्याएर राखेको छ । अहिलेसम्म शवको पहिचान नखुलेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।
प्रतिक्रिया