सर्वोच्चको फैसला विरुद्ध राष्ट्रिय युवा संघ संखुवासभाद्वारा विरोध प्रर्दशन



खाँदबारी । राष्ट्रिय युवा संघ संखुवासभाले खाँदबारीमा सर्वोच्च अदालतको संसद् पुर्नस्थापना फैसला विरुद्ध विरोध प्रर्दशन गरेको छ । अदालतबाट संसद् पुर्नस्थापना भएको फैसलाको विरोध जनाउँदै संघले आज साँझ प्रर्दशन गरेको हो ।

सर्वोच्च अदालतद्धारा जारी निर्दलियताको फैसला विरुद्ध, संविधान र लोकतन्त्रको रक्षाका लागि युवा संघले विरोध प्रर्दशन गरेको संघका जिल्ला अध्यक्ष धुर्व खड्काले बताउनुभयो । संविधान र लोकतन्त्रको रक्षाका लागि युवा संघले पहिलो चरण अन्तरर्गत विरोध प्रर्दशन गरेको अध्यक्ष खड्काको भनाई छ । अध्यक्ष खड्काले प्रधानन्यायधिस चोलेन्द्र सम्सेर जबराको राजीनामा समेत माग गरेका छन् । सर्वोच्च अदालतले दायरा भन्दा बाहीर आएर गरेको निर्णय राष्ट्रिय युवा संघलाई मान्य नहुने युवा जिल्ला इन्र्चाज यादव अधिकारीले धारण राख्नुभयो । अदालतको निर्णयले निर्दलियता व्यवस्था तर्फ मुलुक अगाडि बढेको अधिकारीको आरोप छ ।

कार्यक्रममा संवोधन गर्दै एमाले नेता खड्ग राईले सर्वोच्च अदालतले गरेको असंवैधानिक फैसलता विरुद्ध जनताको साथ सहयोगको आवश्यकता रहेको बताउनुभयो । लोकतन्त्र र संविधानको रक्षाका लागि अदालतको फैसला विरुद्ध एमाले अगाडि बढ्ने नेता राईको भनाई छ ।

युवा संघले प्रधानन्यायधिस विरुद्ध नाराबाजी गर्दै खाँदबारीको पोखरी बजार परिक्रममा गरि एमाले पार्टी कार्यालय अगाडि कोडसभा गरेको थियो ।

सम्बन्धित समाचार