उदयपुर । उदयपुरमा धारिलो हतियारबाट एक वृद्धको हत्या भएको छ । त्रियुगा नगरपालिका ८ मा गाउँघरमा काम गर्नेलाई धारिलो हतियार खुकुरी प्रहारबाट एक जनाको हत्या भएको छ ।
मृत्यु हुनेमा त्रियुगा नगरपालिका १३ पोर्तहा हाल त्रियुगा नगरपालिका ८ मा गाउँघरमा काम गर्दै आएका अन्दाजी ७६ वर्षिय वृद्ध महिकर चौधरीको ज्यान गएको प्रहरीले जनाएको छ । मृतक विगत दुई वर्षदेखि उत्तरबारी टोल देउरी आसपास काम गर्दै खाँदै बस्दै आईरहेका थिए । उनको घाटीमा धारिलो हत्यार खुकुरी प्रहार गरी हत्या गरेको छ ।
तीन चार दिनदेखि स्थानीय ३५ वर्षिय किसन सदाको घरमा बस्दै आएका थिए । मंगलबार राति सँगै खान पिन गरेर सुतेका चौधरीको विहान हत्या भएको थाह पाएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । हत्यारा भएको घरबाट हत्यामा प्रयोग भएको खुकुरी समेत बरामद भएको प्रहरीले जनाएको छ । हत्याको आरोपमा घरधनी सदा पक्राउ परेको छ ।
घटना बारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया