पर्सामा कोरोना खोप वितरणमा व्यापक अनियमितता : उमेर ढाँटेर खोप लगाउँदै


१३ श्रावण २०७८, बुधबार


वीरगन्ज । पर्साको सुखवा प्रसौनी गापा ५ का नरेश जयसवालको उमेर ३६ वर्ष मात्र छ । उनले मङगलवार पटेर्वासुगौली २ गादीस्थित स्वास्थ्य चौकीमा पुगेर जोन्सन एण्ड जोन्सन कम्पनिको खोप लगाए । खोप लगाएको कार्डमा भने उनको उमेर ५० वर्ष लेखिएको छ ।

खोप कार्डमा उमेर ढाटेर ५० वर्ष लेखिनुको कारण, उक्त कम्पनीको खोप ५० देखि ५४ वर्षको उमेर समुहलाई मात्र दिने सरकारको निर्देशन छ ।

साना किसान सहकारी संस्थामा कार्यरत जयसवाल भने,‘कामको शीलशीलामा गादी गएको थिएँ , स्वास्थ्यचौकीमा भ्याक्सिन लगाउने कार्यक्रम चलिरहेको थिो, मैले पनि लगाइहालेँ ।ु

आफनो जन्म २०४२ सालमा भएको आफैँले बताएका उनले भने,‘कार्डमा भने उमेर गल्तीले ५० वर्ष लेखिएछ ।ु जयसवालले आफुसँगै अरु तीन युवकले पनि मङगलवार गादी स्वास्थ्य चौकीमा खोप लगाएका तस्वीर सामाजिक सन्जाल फेसबुकमा राखेका छन् ।

ती तीन जनाको उमेर पनि २५ देखि ३० वर्षको हाराहारी मात्रै छ । सरकारले तोकेको ५० देखि ५४ वर्ष उमेर समुहले मात्रै लगाउन पाउने जोन्सन एण्ड जोन्सन खोप जयसवाल र उनका तीन जना साथीले उमेर ढाटेर लगाएका हुन् ।

जयसवाल र उनका तीन जना साथी जस्तै पर्सामा अन्य थुप्रै व्याक्तिले आफ्नो पहुँचको आधारमा नियम मिचेर खोप लगाउने क्रम व्यापक छ । अमेरीकाबाट ल्याइएको जोन्सन एण्ड जोन्सन कम्पनीको खोप पर्सा जिल्लामा सोमबार र मङगलवार गरी दुई दिन लगाइएको थियो ।

सरकारले एक डोज मात्रै लगाए पुग्ने जोनसन एण्ड जोन्सन खोप ५० देखि ५४ वर्ष उमेर समुहका नागरिक तथा अपाङगता र अशक्त व्याक्तिहरुलाई मात्र लगाउने निर्देशन दिएको छ ।

तर पर्सा जिल्लामा भने उक्त खोप सरकारले तोकेको लक्षित उमेर र समुह भन्दा बाहेकका अन्य थुप्रै व्याक्तिहरुले आफ्नो पहुँचका आधारमा नियम मिचेर लगाएका हुन् । स्वास्थ्य कार्यालय पर्साका अनुसार स्वास्थ्य मन्त्रालयले पर्सा जिल्लामा जोन्सन एण्ड जोन्सन खोप ३६ हजार ५ सय डोज पठाएको छ ।

उक्त खोप लगाउने लक्षित समुहको जनसंख्या पर्सा जिल्लामा ३० हजार ६ सय ६८ जना छ । तर सोमबार र मङगलवार जिल्लाका १४ वटै पालिकामा सञ्चालन गरिएको खोप कार्यक्रममा लक्षित उमेर समुह भन्दा बाहेकका थुप्रै व्याक्तिहरुले पहुँचको आधारमा नियम विपरित खोप लगाएका हुन् ।

पालिकाका विभिन्न वडाका आधारभुत स्वास्थ्य केन्द्र, स्वास्थ्य चौकी र खोप केन्द्रहरुमा वडा अध्यक्षहरुले नै स्वास्थ्यकर्मीलाई दबाब दिएर आफ्ना चिनजान र निकटका व्याक्तिहरुलाई नियम विपरित खोप लगाएको भन्दै केही वडामा विवाद समेत भएको थियो ।

सरकारले तोकेको लक्षित उमेर समुह भन्दा बाहेकका व्याक्ति आफैँले पनि खोप लगाएको तस्वीर सामाजिक सन्जालमा पोष्ट गरेकाले खोप वितरणमा अनियमितता भएको पुष्टि हुन्छ ।

सरकारले ५० देखि ५४ वर्ष उमेर समुह तोकेको भए पनि ५० भन्दा कम उमेरका व्याक्तिले खोप कार्डमा ५० वर्ष उमेर लेख्न लगाएर खोप लगाएको तस्वीरहरु सामाजिक सन्जाल फेसबुकमा भाइरल नै भएको छ ।

खोप वितरण कार्यक्रममा सोमबार विवाद भएको वीरगन्ज महानगरपालिका ९ का वडाध्यक्ष मनोज कलवारले भने आफनो स्वार्थ पूरा नभएका व्याक्तिहरुले अनावश्यक विवाद गरेको बताए ।

आफ्नो वडामा १७२ डोज खोप आएकोमा लक्षित उमेर समुहका १३८ जनाले मात्र लगाएको भन्दै उनले भने,‘उब्रिएको खोप, जो पहिले आयो उसैलाई लगायौँ ।
खोप वितरणका क्रममा आफनो वडामा मात्रै नभइ अन्य वडाहरुमा पनि समस्या देखिएको भन्दै उनले भने,‘आफ्नो स्वार्थ पूरा नभएका केही व्याक्तिहरुले अनावश्यक विवाद गरेका थिए ।ु

स्वास्थ्य कार्यालय पर्साका निमित्त प्रमुख नवलकिशोर साहले भने मन्त्रालयबाट आएको खोप, पालिकाको कुल जनसंख्याको ४ दशमलव १ प्रतिशतका दरले १४ वटै पालिकामा पठाएको बताए ।

‘खोप केन्द्रमा स्वास्थ्यकर्मी खटाउने, सरकारले तोकेको लक्षित उमेर समुहका नागरिकलाई खोप लगाउने लगायत सबै जिम्मा सम्बन्धित पालिकाको हो, त्यसमा हाम्रो कुनै भूमिका हुँदैनु उनले भने ।

खोप केन्द्रहरुमा खोप वितरणको अनुगमन गर्ने जिम्मा स्वास्थ्य कार्यालयलाई दिइएको छ । तर कार्यालयमा पर्याप्त जनशक्ति नभएका कारणले सबै केन्द्रहरुमा अनुगमन गर्न नभ्याएको साहले बताए । सोमबार र मङगलवार गरी दुई दिन सन्चालित खोप कार्यक्रममा केही हजारले मात्रै जोन्सन एण्ड जोन्सन खोप लगाएको स्वास्थ्य कार्यालय पर्साका निमित्त प्रमुख साहले बताए ।

सम्बन्धित समाचार