धरान । प्रदेश १ मा पछिल्लो २४ घण्टामा १ हजार १८० जनामा कोरोना सङ्क्रमण देखिएको छ । २ हजार १२४ जनाको पीसीआर परीक्षण गर्दा ६७८ र १ हजार ७२८ जनाको एन्टिजेन परीक्षण गर्दा ५०२ जनामा कोरोना सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा २६६, मोरङमा १८८, सुनसरीमा १७३, धनकुटामा १२, उदयपुर र तेह्रथुममा ५/५, इलाममा ४, भोजपुरमा ३, ताप्लेजुङ, ओखलढुङ्गा १ र प्रदेश १ बाहिरका १९ जनामा सङ्क्रमण देखिएको छ।
झापाको दमकमा ७४, बिर्तामोडमा ५७, भद्रपुरमा ३९, मेचीनगरमा २४, कनकाईमा १७, अर्जुनधारामा १४, शिवसताक्षीमा १३, बाह्रदशीमा ११, बुद्धशान्तिमा ६, कमल गाउँपालिकामा ५, हल्दिबारीमा ४, गौरादहमा २, मोरङको लेटाङमा ५०, विराटनगरमा ४१, बेलबारीमा ३९, केराबारीमा २९, सुन्दरहरैचामा ९, उर्लाबारीमा ५, बुढीगंगा, ग्रामथान, पथरीशनिश्चरे र स्थानीय तह नखुलेका २/२, कटहरी, मिक्लाजुङ, रतुवामाई, रंगेली, कानेपोखरी, धनपालथान र सुनबर्षीमा १/१, सुनसरीको धरानमा ११७, इटहरीमा ४४, रामधुनीमा ५, बराहक्षेत्रमा ३, इनरुवामा २, देवानगञ्ज र बर्जूमा १/१, धनकुटाको धनकुटा नगरपालिकामा ५, पाख्रिबासमा ४, शहिदभूमी, छथर र स्थानीय तह नखुलेका १/१, मा १२, उदयपुरको त्रियुगा र उदयपुरगढीमा २/२, चौदण्डीगढीमा १, तेह्रथुमको म्याङ्लुङमा ३, आठराई र स्थानीय तह नखुलेका १/१, इलामको इलाम नगरपालिकामा २, चुलाचुली र स्थानीय तह नखुलेका १/१, भोजपुरको भोजपुर नगरपालिका, षडानन्द र अरुणमा १/१, ताप्लेजुङ र ओखलढुङ्गा १ र प्रदेश १ बाहिरका १९ जनामा सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ।
प्रदेश १ मा आज २०१ जना कोरोना सङ्क्रमणमुक्त भएका छन्। सङ्क्रमणमुक्त हुनेमा १ सय महिला र १०१ पुरुष रहेका छन्। पछिल्लो २४ घण्टामा १४ जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ । मृत्यु हुनेमा ५ महिला र ९ पुरुष रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ।
प्रतिक्रिया