यो हो सिलिचोङ गाउँपालिकाको प्रशासनिक केन्द्र ताम्कु



साविकको शिसुवाखोला, बाला, ताम्कु, मांतेवा र याफु (१, २, ३, ४ र ९ वडा) लाई समायोजन गरेर सिलिचोङ गाउँपालिका बनाईएको हो । पाँच वटा वडा रहेको यस पालिकाको प्रशासनिक केन्द्र ताम्कुमा रहेको छ ।

यहाँ देखिएको दृश्य सगरमाथा माध्यमिक विद्यालय वरपरको हो । विद्यालयको माथिल्लो भागमा देखिएको भवन वडा नं. ३ को कार्यालय हो । यहि भवनमा गाउँ कार्यपालिकाको कार्यालय राखिएको छ । गाउँपालिकाले आफ्नो भवन भने निर्माण गरिसकेको छैन ।

फोटोः ध्यान कुलुङ

 

सम्बन्धित समाचार