१८ सय १६ जना डिस्चार्ज हुँदा ३६ सय ११ थपिए, २७ को मृत्यु


१५ श्रावण २०७८, शुक्रबार


काठमाडौं । पछिल्लो २४ घन्टामा थप ३६ सय ११ जनामा कोरोना भाइरस ९कोभिड(१९० संक्रमण पुष्टि भएको छ। १४ हजार ६६२ नमूना परीक्षणमा ३६ सय ११ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

पछिल्लो २४ घन्टामा ९७ सय ८३ नमूनाको पीसीआर र ४८ सय ७८ नमूनाको परीक्षण गरिएको थियो। जसमा २४ सय ६७ जनाको पीसीआर र ११ सय ४४ जनामा एन्टिजेन विधिबाट संक्रमण पुष्टि भएको हो।

मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा थप १८ सय १६ जना कोरोनाबाट मुक्त भएका छन्। यो सहित नेपालमा कोरोनाबाट निको हुनेको संख्या ६ लाख ५२ हजार २६१ पुगेको छ।

यस्तै शुक्रबार कोरोनाबाट थप २७ जनाको मृत्यु भएको छ। यो सहित नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या नौ हजार आठ सय ३४ पुगेको छ।

सम्बन्धित समाचार