भोजपुर : खगेन्द्र स्मृति रंगशालाको लागि पुनः ८ लाख बराबरको जग्गा दान


१६ श्रावण २०७८, शनिबार


दिङ्ला । भोजपुरको षडानन्द नगरपालिका वडा नं। १० साङ्गपाङमा खगेन्द्र स्मृति रंगशालाको लागि पुनः मनिराज राई र चित्र कुमार राईले ८ लाख बराबरको जग्ग दान दिएका छन् । ये भन्दा पहिला नै मनिराज राईले आफ्नो छोराको नाममा १० लाख बराबरको जग्गा दान दिइ सकेका थिए । फेरी पनि आफ्नो छोराको नाममा खगेन्द्र स्मृति रंगशालाको लागि मनिराज राईले कित्ता नं। ८६८ बाट ४ रोपानी ११ आना १ पैसा डेढ दाम र कित्ता नं। ८७२ बाट २ रोपानी ११ आना ३ पैसा ८ दाम जग्गा दिएका छन् ।

त्यस्तै षडानन्द नगरपालिका वडा नं। १० निवासी चित्र कुमार राईले आफ्नो स्वर्गिय मातापिता सत्यराम राई र महारुपा राईको नाममा १ रोपानी जग्गा दान दिएका हुन् ।

आज मालपोत कार्यालय दिङ्लाबाट कानुनी रुपमा जग्गा खेलकुद विकास समितिको नाममा पास गरिदिएको हो । जग्गा हस्तान्तरणमा मनिराज राईको अनुपस्थितिमा गोविन्द बहादुर राई र देवेन्द्र राईले हस्तान्तरण गरेका थिए भने चित्र कुमार राई स्वयम उपस्थित भएका थिए । हस्तान्तरण कार्यक्रममा नगरपालिकाका मेयर विरबल राई तथा युवा खेलकुद विकास समितिका सम्पुर्ण पदाधिकारीहरुको उपस्थिति रहेको थियो । उक्त जग्गको धनिपुर्जा युवा खेलकुद विकास समितिका अध्यक्ष राज विकास राईलाई हस्तान्तरण गरेका छन् ।

सुन्दर हरैंचा नगरपालिका वडा नं। ४ गछ्या निवासी लक्ष्मी प्रसाद राई बुवा र आमा भिमश्वरा राईको कोख बाट जन्मिएका ६९ बर्षका मनिराज राईले आफ्नो स्वर्गिय छोराको स्मृतिमा षडानन्द नगरपालिका वडा नं। १० साङ्गपाङमा रहेको कित्ता नं। ९६, ८५९ र ८५८ बाट ११ रोपानी १२ आना ३ पैसा २ दाम जग्गा गत पौष १८ गते दिङ्ला मालपोत कार्यलयबाट कानुनि रुपमा युवा तथा खेलकुद विकास संस्थाका अध्यक्ष राज विकास राईलाई जग्गाको धनीपुर्जा हस्तानतरण गरेका थिए ।

राईले उनका छोरा खगेन्द्र राईको स्मृतिमा उक्त जग्गा दान गरेका हुन । राईका छोरा खगेन्द्र १७ बर्षको उमेरमा टाइफाइटका कारण स्वर्गरोहण भएका थिए । विद्या विना केहि पनि हुन सक्दैन र खेलकुदले आन्तरिक ज्ञान प्राप्त गर्न सक्ने भएकोले खेलकुदको लागि जग्गा दान गरेको राईले बताए थिए । जिवनमा धेरै संघर्षहरु गरे तर पनि आफु संग शिक्षा नभएको कारण आत्मा ज्ञानले जे गर्न मन लाग्छ समाज कल्याण र दिगो विकासका लागि त्यहि गर्दै आईरहेको समेत राईले बताए ।

सम्बन्धित समाचार