भोजपुरकी एक बृद्धले ओछ्यानमै पाईन नागरिकता


२३ श्रावण २०७८, शनिबार


भोजपुर । भोजपुरको रामप्रसादराई गाउँपालिका १ ओख्रे बान्ताङ्गकी ८८ वर्षिय शुभद्रा खड्काले जन्मेको करिब नौ दशक पछि घरको ओछ्यानमै नागरिकता पाएकीछिन् । अशक्त बृद्धाले प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद भण्डारीको हातबाट नागरिकता पाएकी हुन ।

विक्रम संवत् १९९० साल चैत १० गते जन्मिएकी सुभद्राले नागरिकताको प्रमाणपत्र पाएपछि प्रमुख जिल्ला अधिकारी र गाउँपालिका अध्यक्ष विजय राईलाई आशिर्वाद दिइन् । वरिपरि भेला भएका छिमेकिले भने तालि बजाएर खुशि व्यक्त गरे । नेपाली नागरिकताको प्रमाणपत्र नहुँदा वृद्धभत्ता पाउनबाट बन्चित भएकी शुभद्राले जिवनको उत्तरार्धमा नागरिकता प्राप्त गरेकि हुन् । आमाले नागरिकता बनाउन सकिदैन जस्तो लागेकोमा घरमै नागरिकता पाउदा खुशी लागेको राधा खड्काले बताइन । नेपाली नागरिक भएर पनि नागरिकता नभएको र सदरमुकाम सम्म गएर नागरिकता बनाउन नसक्ने भएको कारण गाउँपालिका संगको सहकार्यमा नागरिकता वितरण गरिएको प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद भण्डारीले बताए ।

यसरि अशक्त नागरिकलाई नागरिकको घरर्म आएर नागरिकता वितरण गर्दा संघियताको अभ्यासमा टेवा पुगेको रामप्रसाद राई गाउँपालिका अध्यक्ष विजय राईले बताए । नागरिकता पाए संगै वहाँले पाउने सेवा सुविधाको लागि तत्काल काम अघि वढाइने गाउँपालिका उपाध्यक्ष सम्झना राईले बताइन ।

सम्बन्धित समाचार