चिचिला गाउँपालिकामा भुकम्प पिडितको रकम ‘झ्वाम’



खाँदबारी । राष्ट्रिय पुनः निर्माण प्राधिकरणबाट आवास पुनः निर्माण अनुदान अन्तर्गत आएको रकम कर्मचारी र स्थानीयको मिलेमतोमा लाभग्राहीबाट रकम असुली गरेको खुलेको छ । संखुवासभाको चिचिला गाउँपालिकाका ५ जना सेवाग्राहीबाट प्राधिकरणका कर्मचारी र स्थानीय गिरोहहरुले १ लाख ३० हजार लिएको खुलेको हो ।

चिचिला गाउँपालिका वडा नं. ४ का लक्ष्मण गुरुङ भनिने रत्न बहादुर गुरुङ, राजकुमार गुरुङ र पुनः निर्माण प्राधिकरणका चिचिला गाउँपालिका असिस्टेन्ट सब इन्जिनियर विजय घर्ती मगरले लाभग्राहीबाट रकम लिएकोे स्वीकार गरेका छन् ।
गत आर्थिक बर्षमा लाभग्राही सूचीमा रहेको रिट्ठुमान राई, काली बहादुर राई र जीत बहादुर राईबाट मात्रै उनीहरुले एक लाख रुपैंया लिएको थियो । लक्ष्मण गुरुङले लाभग्राहीको घरमा गएर प्राविधिकलाई पैसा नदिए आफुले पाउने पैसा नपाउने भन्दै धम्कीसहित रकम लिएको पिडित लाभग्राहीको भनाई छ ।

रिट्ठुमानले प्राविधिक घर्ती मगरलाई उनकै कोठामा ५० हजार रुपैंया र स्थानीय लक्ष्मण गुरुङलाई ५ हजार गुरुङकै घरमा पुर्याई रकम दिएका थिए । यस्तै अर्का लाभग्राही जीत बहादुर राईले प्राविधिक मगरलाई उनकै क्वाटरमा लगेर ४० हजार बुझाएका थिए । भने काली बहादुर राईले ५ हजार बुझाएका थिए । लाभग्राहीले यी प्राविधिक र स्थानीय गिरोहले कतिसम्म पनि गरे भने घरमा पालेको ठुलो कुखुराको भाले र पाँच हजार नगद नदिए अन्तिम किस्ता रकम नदिने भन्दै धम्कीसहित रकम असुली गरे ।

चालु आर्थिक बर्षमा लाभग्राही सुचीमा परेका लाभग्राहीबाट रकम असुली गरेपछी जनप्रतिनिधिसम्म गुनासो आएपछी प्राविधिक र स्थानीय गिरोहले निरिह नागरिकबाट रकम असुल्ने गरेको खुलेको हो । यसपटक लाभग्राही सूचीमा परेका वडा नं. ४ बाट रकम उठाउन स्थानीय गिरोह राजकुमार गुरुङ र अर्का नयाँ गिरोह किशोर गुरुङ पनि थपिएका छन् । वडा नं. ४ का ८ घर लाभग्राहीहरु मध्ये राजकुमारले लिट्ठा बहादुर गुरुङ र उर्मिला बर्देवासँग १५ हजारका दरले रकम असुली गरिसकेका छन् ।

तर यो घटना बाहिरिएसंगै उनीहरुले लाभग्राहीबाट उठाएको रकम फिर्ता गरेर डोकोले छोपिएभैmं गर्दैछन् । शुक्रबार गाउँपालिकामा गुनासो लिएर आएका लाभग्राहीहरुको प्राविधिक घर्ती मगर र गिरोहहरु लक्ष्मण गुरुङ र राजकुमार गुरुङले १ लाख ३० हजार रकम फिर्ता गरेका छन् ।

गाउँपालिका अध्यक्ष शेर्पाले जतिपनि लाभग्राहीहरुको रकम लिईएको छ त्यो फिर्ता गराउन पहिलो पहल रहने र बाँकी कानुनी हिसाबले कारबाही भई जाने बताए ।

सम्बन्धित समाचार