संखुवासभा । उत्तर दक्षिण कोशी राजमार्ग अन्तर्गतको चिचिला गाउँपालिका क्षेत्रको सडक बन्द गरेको छ ।
चिचिला गाउँपालिकाले सडक विग्रेको र सम्बन्धित निकायले वास्ता नगरेको भन्दै सडक बन्द गरेको हो ।
चिचिला गाउँपालिका क्षेत्रमा पर्ने छ्याङ्कुटी –चिचिला–देउराली सडक खण्डमा बर्खायाम सुरु भएसंगै एम्बुलेन्स लगायतका अत्या आवश्यक सवारी साधनहरु आवतजावतमा समस्या भएको छ ।
अरुण–३ जस्ता ठुला आयोजनाका मालवहाक सवारी साधनहरुका कारण सवारीसाधन चल्न नसक्ने भएको भन्दै गाउँपालिकाले विभिन्न निकायमा अनुरोध गर्दा पनि वेवस्ता गरेको गन्दै बन्द गरिएको गाउँपालिका अध्यक्ष पासाङ नुर्वु शेर्पाले बताए । भारि बर्षा हुनुका साथै अरुण तेस्रोका ठुला सवारी साधनहरु विग्रेर सडकमा अलपत्र पार्किङ गरेका कारण सडकको कुलो, ड्रेनहरु भत्किएकोले सडक झन विग्रीदै जाँदा स्थानीयले शास्ती भोग्नु परेको उनको भनाई छ ।
आयोजनाका मालवहाक सवारी साधनहरु जथाभावि पार्किङ गर्ने र सडक मर्मतमा विभिन्न निकायमा अनुरोध गर्दा समेत वास्ता नगरिएपछि गाउँपालिकाले सूचना सार्वजनिक गर्दै आइतबारबाट सडक बन्द गरेको हो ।
गाउँपालिकाले जिल्ला प्रशासन कार्यालय, अनरुण तेस्रो निर्माण कम्पनी एसएपिडिसी, संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय, उत्तर लक्षिण कोशी सडक आयोजना लगायतका कार्यालयमा सडकको अवस्था बारे जानकारी गरेको थियो ।
सडकलाई सहज बनाउन गाउँपालिकाले आवश्यक समन्वय गर्ने समेत जनाउँदै विग्रेको ठाउँमा मर्मत गर्न अनुरोध गरेको थियो । गाउँपालिकाको अनुरोधलाई वेवास्ता गरेकोले सडक मर्मत नभएसम्म गाउँपालिका क्षेत्रभित्र ठुला सवारीसाधन आवतजावत बन्द गरिएको अध्यक्ष शेर्पाले बताए । एम्बुलेन्स लगायतका अत्याआवश्यक साना सवारी साधनहरु भने सञ्चालन हुने उनको भनाई छ ।
प्रतिक्रिया