सोलुखुम्बु । एभरेष्ट बैंक लिमिटेड महाकुलुङ साखा सोलुखुम्बुमा सेवाग्राहिको खाता असुरक्षीत रहेको छ । लामो समय देखि कार्यालयको सेवा प्रवाह प्रति असन्तुष्ट जनाउदै आएका स्थानियबासीको खाता कार्यालयको कर्मचारीबाटै असुरक्षीत रहेको पाईएको हो ।
एभरेष्ट बैंक महाकुलुङ साखाका कर्मचारीले सेवाग्राहीलाई थाहै नदिई सेवाग्राहिको खाता प्रयोग गरेर सेयर कारोबार गरेको पाईएको छ । कार्यालयका कर्मचारीले लामो समय देखि उक्त बैंकमा खाता रहेका सेवाग्राहीको नामबाट सेयर कारोबार गर्दै आएको पाईएको हो ।
केहि समय अघि महाकुलुङ गाउँपालिका वडा नं ५ निवासी झलक कुलुङ राईको एभरेष्ट बैंक महाकुलुङ साखाको खाता नम्बरमा ५ हजार जम्मा भयो । खातावाला कुलुङ कहाँबाट जम्मा भयो भनेर आफै अचम्म परे । उनले सम्झे पहिले जम्मा गरेको पैसाको म्यासेज अहिले आई रहेको रहेछ । पुन। केहि दिन पछि उनको खाताबाट ५ हजार काटियो । जुन बेला पनि उनी अचम्ममा परे । गाउँमा सामान्य खेतीपाति गरेर बसेका उनी केहि वास्ता गरेनन् । तर केहि दिन अघि झलक कुलुङको मोवाईल नं. मा एककासी ब्रोकर नम्बर आयो । उक्त ब्रोकर नम्बर आएको केहि समयमा एभरेष्ट बैंक महाकुलुङ साखाका एक कर्मचारीले फोन गर्छन ।
तपाईको नम्बरमा केहि म्यासेज आयो ? फरवार्ड गर्नुस न कस्तो आयो ? गाउँमा सामान्य लेखपढ गरेका कुलुङले उक्त म्यासेज फरवार्ड गरिदिए । म्यासेज थियो सेयर किन्बेच गर्न मिल्ने ब्रोकर खाता । उक्त म्यासेज फरवार्ड गरेको केहि दिन पछि अर्थात जुलाई ३० (शुक्रबार, साउन १५,२०७८) का दिन झलक कुलुङको खाता नम्बरमा एक्कासी २२ हजार ८ सय ६० रुपैया जम्मा भयो । खातावाल कुलुङ तीनछक्क परे कहाँबाट यत्रो पैसा जम्मा भयो भनेर । लगत्तै अगष्ट २ अर्थात साउन १८ गतेका दिन उनको खातामा रहेको रकम मध्ये १७ हजार ६ सय ५० रुपैया कटौती गरेको म्यासेज आयो । अनि बल्ल थाहा हुन्छकी, महाकुलुङ साखामा कार्यरत कर्मचारीलेनै आफ्नो खाता प्रयोग गरीरहेका रहेछन् भनेर । पैसा कस्ले कटाएका रहेछन यो म्यासेज हेर्नुहोस ।
त्यसपछि सेवाग्राहि कुलुङ बैंकको सम्पर्कमा जाँदा बैंकमा कार्यरत कर्मचारीले अहिले सम्म आफुले चलाएको र आगामी दिनमा तपाई आफै चलाउनुस भनेर आफुलाई सम्झाउने प्रयास गरेको खातावाला झलक कुलुङले बताउनु भयो । कटौती भएको १७ हजार ६ सय ५० रुपैया भने बैंकमा कार्यरत कर्मचारीले ५० कित्ता सेयर बेचेका रहेछन् । लामो समयदेखि एभरेष्ट बैंक महाकुलुङ साखाको सेवा प्रवाहमा अत्याधिक गुनासो आईरहेको बेला कार्यालयको कर्मचारीबाटै यो हर्कत हुनुले कार्यालय प्रतिको विश्वासमा थप संका पैदा भएको छ । किनकी झलक कुलुङ एक प्रतिनिधि पात्र मात्रै हुन् । जो सँग मोवाईल बैंकिङ थियो । तर अन्य मोबाईल बैंकिङ प्रयोग नगरेका सर्वसाधारणको खाता नम्बर कतिको प्रयोग गरि रहेका छन् भन्ने संकाको सुविधा भने तपाई हामी जो सुकैलाई रहेको सहजै अनुमान लगाउन सकिन्छ ।
प्रतिक्रिया