संखुवासभा जिल्लाका १० स्थानीय तहमा ४४.२९ प्रतिशत रकम बेरुजु देखिएको महालेखा परिक्षकको प्रतिवेनले जनाएको छ । महालेखा परिक्षकको कार्यालयले शुक्रबार सार्वजनिक गरेको आव २०७६/०७७ को प्रतिवेदनमा यस्तो देखिएको हो ।
जिल्लाको स्थानीय तहको कुल बजेटको ४४.२९ प्रतिशत अर्थात ३७ करोड ३ लाख ८४ हजार रकम बेरुजु देखिएको प्रतिवेदनमा उल्लेख गरिएको छ । जसमध्ये सबै भन्दा बढी मकालु गाउँपालिकामा १०.६९ प्रतित अर्थात ७ करोड ७२ लाख ६३ हजार रकम बेरुजु देखिएको छ ।
यस्तै सबैभन्दा कम शिलिचोङ गाउँपालिकामा ०.१७ प्रतिशत अर्थात १० लाख २ हजार रुपैंया बेरुजु देखिएको छ ।
प्रतिक्रिया