भोजपुरका ९ पालिकामध्ये सवैभन्दा बढि बेरुजु साल्पासिलिंछोमा, हेर्नुहोस् कुनमा कति ?



भोजपुर । भोजपुर जिल्लाका ९ स्थानीय तह तहमध्ये सवैभन्दा वढि बेरुजु साल्पासिलिंछो गाउँपालिकामा देखिएको छ । महालेखा परिक्षकको कार्यालयले शुक्रबार सार्वजनिक गरेको आव २०७६/०७७ को प्रतिवेदनमा साल्पासिलिंछोको ६.५६ प्रतिशत रहेको जनाएको छ ।

महालेखा परिक्षकको प्रतिवेदनमा भोजपुरमा जम्मा १५ करोड ९२ लाख ७८ हजार रकम बेरुजु देखिएको उल्लेख गरिएको छ । साल्पासिलिछो गाउपालीकामा ६।५६ प्रतिशत अर्थात ४ करोड ६३ लाख ६५ हजार रकम बेरुजु देखिएको छ ।

भोजपुरमा सबैभन्दा कम हतुवागढी गाउँपालीकामा ०.१९ प्रतिशत अर्थात १४ लाख ७ हजार रुपैंया बेरुजु देखिएको छ । जिल्लाको राम प्रसाद राई गाउपालिकामा २.२७ प्रतिशत अर्थात १ करोड ६१ लाख २० हजार, भोजपुर नगरपालिकामा १.०१ प्रतिशत अर्थात १ करोड ३७ लाख ४ हजार, अरुण गाउँपालिकामा २.२२ प्रतिशत अर्थात १ करोड ६६ लाख ७७ हजार, आमचोक गाउँपालिकामा ३.०७ प्रतिशत अर्थात २ करोड ३३ लाख ६२ हजार, पौवादुङ्मा गाउँपालिकामा १.४३ प्रतिशत अर्थात ९३ लाख ६३ हजार, षडानन्द नगरपालिकामा १.५३ प्रतिशत अर्थात २ करोड ५ लाख ८ हजार, ट्याम्के मैयुङ्ग गाउँपालिकामा १.३३ प्रतिशत अर्थात १ करोड १७ लाख ७२ हजार रुपैयाँ बेरुजु रहेको महालेखा परिक्षकको कार्यालयको प्रतिवेदनमा उल्लेखित छ ।

सम्बन्धित समाचार