पाँचखपन नगरपालिकामा साढे ६ करोड बढी बेरुजु



संखुवासभाको पाँचखपन नगरपालिकामा साढे ६ करोड बढी रकम बेरुजु देखिएको छ । महालेखा परिक्षकले सार्वजनिक गरेको ५८ औं प्रतिवेदन अनुसार यस्तो देखिएको हो । पाँचखपनमा आव २०७६/०७७ मा ६ करोड ७१ लाख ३२ हजार रुपैंया बेरुजु देखिएको छ । उक्त नगरपालिकाको कुल बजेटमा ७.७५ प्रतिशत रकम बेरुजु देखिएको हो ।

जिल्लाका १० पालिका मध्ये बेरुजु धेरै देखिनेमा पाँचखपन दोस्रो नम्बरमा रहेको छ ।

सम्बन्धित समाचार