संखुवासभाको मकालु गाउँपालिकामा साढे ७ करोड बढी रकम बेरुजु देखिएको छ । महालेखा परिक्षकले सार्वजनिक गरेको ५८ औं प्रतिवेदन अनुसार यस्तो देखिएको हो । मकालुमा आव २०७६/०७७ मा ७ करोड ७२ लाख ६३ हजार रुपैंया बेरुजु देखिएको छ । उक्त गाउँपालिकाको कुल बजेटमा १०.६९ प्रतिशत रकम बेरुजु देखिएको हो ।
जिल्लाका १० पालिका मध्ये सबैभन्दा बढी बेरुजु यसै पालिकामा देखिएको हो ।
प्रतिक्रिया