खाँदबारी नगरपालिकाले मनाकामना गुरुकुललाई खाद्यन्न सहयोग गरेको छ । कोभिड १९ का कारण छाक टार्न समस्या भएपछि खाँदबारी नगरपालिकाले खाद्यन्न सहयोग उपलब्ध गराएको जनाइएको छ ।
मनाकामना गुरुकुलमा अवस्थित गुरु, भक्तजन र गुरुकुलमा अध्ययनरत विद्यार्थी गरि जम्मा ५४ जना व्यक्तिलाई प्रतिव्यक्ति २५ केजी चामल, एक केजी दाल र एक लिटर तेल वितरण गरेको खाँदबारी नगरपालिकाका सामाजिक शाखा अधिकृत खेमराज निरौललाले जानकारी दिनुभयो ।
खाँदबारी नगरपालिकाले आईतबार एक कार्यक्रमको आयोजना गरि खाँदबारी नगरपालिकाका प्रमुख मुरारी प्रसाद खतिवडा, वडा न. ९ को वडाध्यक्ष टिकाराम कुमाल, मनाकामना गुरुकुलको संयोजक देवेन्द्र घिमिरे लगायतको उपस्थितिमा राहत खाद्य सामग्री सहयोग गरेको सामाजिक शाखा अधिकृत निरौललाले बताउनुभयो । खाँदबारी नगरपालिकाले गुरुकुललाई व्यवस्थापन गर्नको निमित्त समय समयमा सहयोग गर्दै आइरहेको उहाँको भनाइ छ ।
प्रतिक्रिया