बसन्तपुर–किमाथांका (कोशी करिडोर) को काम १३ वर्षमा १९ प्रतिशत



बसन्तपुर–किमाथांका उत्तर–दक्षिण (कोशी करिडोर) लोकमार्गको काम १३ वर्षमा १९ प्रतित मात्रै सम्पन्न भएको छ । उक्त आयोजनाको तेह्रथुमको बसन्तपुर देखि संखुवासभाको किमाथांकासम्म १ सय ६२ किलोमिटर सडकको निर्माण कार्य १९ प्रतिशत मात्रै सम्पन्न भएको महालेखा परिक्षकको ५८ औ प्रतिवेदनमा उल्लेख गरिएको छ ।

उक्त आयोजना २०६५/०६६ देखि सुरु गरिएको थियो । २०८०/०८१ मा सम्पन्न गर्ने लक्ष्य राखिएको उक्त आयोजना १६ अर्ब २० करोड खर्च हुने अनुमान गरिएको छ । सो आयोजनाले २०७६/०७७ सम्ममा ३ अर्ब ४ करोड खर्च गरिसकेको प्रतिवेदनले जनाएको छ ।

बर्खायामका कारण उक्त आयोजनाको खाँदबारी– भोटखोला सडकखण्ड पहिरोका कारण बेलाबेलामा अबरुद्ध हुने गरेको छ ।

सम्बन्धित समाचार