स्वर्गीय दिलिप कुमार श्रेष्ठको स्मृतिमा १ लाख १ हजार १ सय ११ रुपैयाँको अक्षयकोष स्थापना गरिएको छ । नेवारी सँस्कृति परम्परागत गाईजात्रा पर्वको अवसर पारेर भेनस होटलमा उक्त रकमबाट अक्षयकोष स्थापना गरिने जानकारी गराएको हो ।
संखुवासभा जिल्ला खाँदबारी वडा नंं १ निवासी स्व.चन्द्रलाल श्रेष्ठ र स्व. कृष्ण लक्ष्मी श्रेष्ठका स्वर्गीय छोरा दिलिप कुमार श्रेष्ठको नामबाट खाँदबारी नगरपालिका वडा नं. ८ पिप्ले स्थित श्री आदर्श माध्यमिक बिद्यालयमा अध्ययनरत कक्षा ५ र ८ का बिद्यार्थीहरुलाई लागि छात्रवृत्ति दिने घोषणा गरिएको छ ।
हरेक बर्ष हुने बार्षिक परिक्षामा प्रथम हुने बिद्यार्थीलाई शिक्षाको क्षेत्रमा योगदान पुग्ने हेतुले हाल १ लाख १ हजार १ सय ११ रुपैयाँको अक्षयकोष खोलि त्यसबाट आउने ब्याजबाट २ जना बिद्यार्थीलाई बार्षिक ३ हजार ५ सयका दरले छात्रवृति दिने जानकारी गराएको छ ।
उक्त छात्रवृत्ति घोषणा कार्यक्रमा स्वर्गीय दिलिप कुमार श्रेष्ठ र छात्रवृत्तिको बारेमा जानकारी दिदै कलाकार संघ संखुवासभाको अध्यक्ष जयन्द्र शाक्यले २०७८ सालको दिलिप कुमार श्रेष्ठ छात्रवृत्ति श्री आदर्श माध्यमिक बिद्यालयको बार्षिक उत्सबमा यहि भाद्र २१ गतेका दिन छात्रवृति रकम कक्षा ५ र कक्षा ८ मा प्रथम हुने बिद्यार्थीलाई प्रमाण पत्र सहित बितरण गरिने छ ।
भविष्यमा परिवारका सदस्यहरुबाट अक्षय कोषको रकम बृध्दि गरिने कुरा सम्वन्धित दाताबाट जानकारी गराउनु भएको छ । दिलिप कुमार श्रेष्ठ छात्रवृति अक्षय कोष १ लाख १ हजार १ सय ११ रुपैयाको चेक स्व. दिलिप कुमार श्रेष्ठकी धर्मपत्नी मिनाकुमारी श्रेष्ठबाट श्री आदर्श माध्यमिक बिद्यालय ब्यबस्थापन समितिको अध्यक्ष चन्द्रमणि खत्रीलाई हस्तान्तरण गर्नु भएको छ ।
दिलिप कुमार श्रेष्ठ छात्रवृतिको स्थापना गरिदिनु हुने संरक्षक स्व।दिलिप कुमार श्रेष्ठको भाई÷बहिनि बाल कृष्ण श्रेष्ठ अमेरिका , चन्द्र किरण श्रेष्ठ अमेरिका पार्वती श्रेष्ठ अमेरिका, तुम्ला श्रेष्ठ चन्द्रगढी ,झापा , राज कुमार श्रेष्ठ अस्ट्रेलियामा रहनु भएको छ ।
कार्यक्रममा स्व. दिलिप कुमार श्रेष्ठको बारेमा श्री आदर्श माध्यमिक बिद्यालय ब्यबस्थापन समितिको अध्यक्ष चन्द्रमणि खत्री र शाक्य समाज खाँदबारीको अध्यक्ष तथा संखुवासभा कम्युनिटी अफ यु एस ए अमेरिकाको संखुवासभा जिल्ला कोडिनेटर किरण कुमार शाक्यले बोल्नु भएको थियो ।
कोभिड महामारीको कारण स्वास्थ्य सुरक्षा मापदण्ड सतर्कता अपनाई भिडभाड नगरी सिमित ब्यक्तिको उपस्थितिमा दिलिप कुमार श्रेष्ठ छात्रवृति घोषणा कार्यक्रममा श्री आदर्श माध्यमिक बिद्यालय प्रतिनिधि , नेवाः देय संखुवासभा , शाक्य समाज खाँदबारी , स्थानीय कलाकार , गोवा फाउण्डेसन, भेनस होटल खाँदबारी तथा परिवाजनको मात्र उपस्थिति रहेको थियो ।
घोषणा कार्यक्रम पछि स्थानीय कलाकारहरुले स्व। दिलिपकुमार श्रेष्ठको बारेमा भजन प्रस्तुत गरिएको थियो । कार्यक्रम सफल बनाइ दिनु भएकोमा स्व। दिलिप कुमार श्रेष्ठका छोरा बिनोदकुमार श्रेष्ठ , रमोद श्रेष्ठ छोरी सबिता महर्जनले सबैलाई धन्यवाद दिनु भएको छ ।
प्रतिक्रिया