नेपाल महिला संघ संखुवासभाद्वारा बालगृहलाई सहयोग



खाँदबारी । माट्स नेपाल संखुवासभाद्वारा खाँदबारीमा सञ्चालित बाल कल्याण गृहलाई नेपाल महिला संघ संखुवासभाले सहयोग गरेको छ । नेपाल महिला संघका संस्थापक अध्यक्ष स्व. मंगलादेवी सिंहको २५ औं स्मृति दिवसको अवसरमा ११ हजार रुपैयाँ बराबरको खाद्यन्न र स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको हो ।

विहिबार बाल कल्याण गृहमा एक कार्यक्रम गर्दै गृहमा रहेको ९ जना बालबालिकाको लागि ३ बोरा चामल, २ केजी दाल, विस्कुट, मास्क तथा सेनिटाईजर र प्रति बालबालिका नगद १ हजार पाँच सय रुपैयाँ सहयोग गरिएको महिला संघ संखुवासभाकी अध्यक्ष निरु तामाङ बस्नेतले जानकारी दिईन् ।

बाल कल्याण गृह संचालक समितिका संयोजक सरोज श्रेष्ठले विभिन्न अवसरमा यसरी दाताहरुबाट प्राप्त सहयोगबाट नै बाल गृह सञ्चालित रहेको बताउँदै सहयोगीहरुलाई धन्यवाद समेत व्यक्त गरे ।

सम्बन्धित समाचार