भोजपुर । भोजपुरको षडानन्द नगरपालिका–९ किमालुङ्ग तालखर्क मा ४० बर्षिय बुद्धिमान राईले आफ्नै श्रीमतीको हत्या गरी आफुले समेत आत्माहत्या गरेका छ्न । राईले शुक्रवार राती २८ बर्षिय श्रीमती इन्द्रकला राईलाई धारिलो हतियार खुकुरी प्रहार गरि हत्या गरेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।
प्रहरीका अनुसार राईले श्रीमतीको हत्या गरी घर नजिकै रहेको दुधिलोको रुखमा झुन्डिएर आत्माहत्या गरेका हुन । आमालाइ खुकुरी प्रहार गरेको देखेपछि ८ बर्षिय छोराले स्थानीयलाई खवर गरेका थिए ।
घटनाको जानकारी पाउन साथ घटना स्थलमा पुग्दा इन्द्रकलाको मृत्यु भइ सकेको र उनलाई खोजी गर्दा झुन्डिएको अबस्थामा फेला परेको स्थानियले जनाएका छन् ।
घटनाको बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय भोजपुरका डिएसपी राजकुमार राईले बताए ।


प्रतिक्रिया