पार्टीको मुल घरमा बस्न संखुवासभा एमाले सचिवालयको आह्वान



संखुवासभा । नेकपा (एमाले) जिल्ला कमिटी संखुवासभाको सचिवालय विस्तारित वैठकले नेकपा (एमाले) छाडेर नगई मुल घरमा वस्न आह्वान गरेको छ । नेता माधव नेपालले पार्टी छुटाएर नेकपा एकिकृत (समाजवादी) पार्टी दर्ता गरेपछि जिल्लाको पार्टी गतिविधि व्यवस्थित गर्न सचिवालयको विस्तारित वैठकले एमालेमा बस्न आह्वान गरेको हो ।

वैटकले ११ वुद्धे निर्णय गर्दै ०७८/०७९ मा जिल्लामा ११ हजार १ सय ११ जना पार्टी सदस्यता पुर्याउने लक्ष्य समेत राखेको छ । ५३ जना सचिवालय रहेको एमालेको जिल्ला कमिटीमा २ सय ६३ जना जिल्ला कमिटी सदस्यहरु रहेका छन् । ५३ जना सदस्यहरु र केही जिल्ला कमिटी सदस्य समेतको वसेको वैठकले जिल्लामा कोरोनाको कारण शैक्षिक गतिविधि ठप्प भएकाले सुचारु गर्न स्वास्थ्य मापदण्ड पुरा गरी संचालन गर्न सरकारलाई अनुरोध गर्ने समेत वैठकले निर्णय गरेको छ ।

पार्टी अध्यक्ष जीत वहादुर घिमिरेको अध्यक्षतामा जिल्ला समन्वय समितिको हलमा वसेको वैठकले १० वटै पालिकाकामा छलफल गरी पार्टीलाई व्यवस्थित गर्ने निर्णय भएको सचिवालय सदस्य तथा स्थानिय विभाग प्रमुख अम्विका खवासले वताए । वैठकले १ नम्वर प्रदेशको नव नियुक्त मुख्य मन्त्री भीम आर्चायलाई वधाई तथा शुभकामना पनि दिएको थियो ।

 

सम्बन्धित समाचार