नेश्नल लाइफ खाँदबारीद्धारा ४ लाख २९ हजार ८ सय ७१ मृत्यु दाबी भुक्तानी



खाँदबारी । नेश्नल लाइफ खाँदबारी शाखाले मृत्यु दाबी भुक्तानी गरेको छ । मकालु गाउँपालिका वडा नं. ४ का रामजी तामाङको मृत्यु दाबी भुक्तानी गरिएको शाखाका प्रबन्धक कमल आले मगरले बताए ।

तामाङकी श्रीमती भूमिका शेर्पालाई मृत्यु दाबी रकम बराबरको ४ लाख २९ हजार ८ सय ७१ रुपैंयाको चेक हस्तान्तरण गरिएको प्रबन्धक आलेले बताए । तामाङको २०७८ वैशाख ६ गते नुहाउने क्रममा अरुण नदीमा डुबेर मृत्यु भएको थियो ।

उनले २०७५ असोज १७ गते २ लाख रुपैंयाको जीवन अमृत आजीवन बिमा गरेका थिए । उनले बिमा बापतको तीन किस्ता रकम बुझाएका थिए ।

 

 

 

सम्बन्धित समाचार