विराटनगर । नेकपा (एमाले) विभाजनपछि नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) रोजेका प्रदेश १ का सांसदहरुले आज सनाखत गर्ने तयारी गरेका छन्।
प्रदेशसभा सांसदहरूलाई निर्वाचन आयोगले दल विभाजन भएको मितिदेखि २१ दिनभित्र दल रोज्न समय सीमा तोकेको छ। जसअनुसार प्रदेश १ का एमाले सांसदहरुले एकीकृत समाजवादी रोजेका सांसदहरुले बुधबार १२ बजे विराटनगरस्थित आयोगको कार्यालयमा सनाखतको तयारी गरेको एकीकृत समाजवादीका नेता राजेन्द्र राईले जानकारी दिए।
राईको नेतृत्वमा एकीकृत समाजवादीमा आवद्ध सांसदहरुले मंगलबार नै सनाखत गर्ने तयारी गरेको भए पनि प्रदेश १ मा सार्वजनिक बिदा परेकाले सनाखतको समय एक दिन धकेलिएको थियो।
एकीकृत समाजवादीमा भोजपुरका राजेन्द्र राई, खोटाङका राजन राई, मोरङका उपेन्द्र घिमिरे, सावित्रा रेग्मी र कृष्णकुमारी राई, इलामकी खिनु लङ्वा लिम्बू, पाँचथरका गणेश काम्बाङ, उदयपुरकी सुनिता चौधरी, संखुवासभाकी सरिता थापा र पदमकुमारी गुरुङदले खुलेका छन्।
प्रतिक्रिया