एमाले निकट संखुवासभाका जनप्रतिनिधीहरुको भेला सम्पन्न



संखुवासभा । नेकपा (एमाले) वाट निर्वाचित जनप्रतिनिधिहरुको जिल्ला भेला शनिवार खाँदबारीमा सम्पन्न भएको छ । स्थानीय तह विभाग नेकपा (एमाले) संखुवासभाको आयोजनामा एमालेबाट निर्वाचित जनप्रतिनिधिहरुको जिल्ला भेला भएको हो ।

सुर्य चिन्हमा विजयी जनप्रतिनिधिहरुका एमालेमा नै गोलबद्ध हुन कार्यक्रममा प्रमुख अतिथि प्रदेश सभा सदस्य तुलसी न्यौपाने आवह्वन गरेका छन् । जनताले एमालेका प्रनिनिधिको रुपमा निवार्चित गराएकाले जनप्रतिनिधिहरुलाई जनमतको कदर गर्न समेत हुनले आग्रह गरे । पार्टी फुटाउनु सबै भन्दा ठुलो अपराध रहेको न्यौपानेको भनाई छ । एमाले जिल्ला अध्यक्ष जितबहादुर घिमिरेले भने पार्टी एकता लागि पार्टीले गरेको १० बुँदे सहमति अनुसार जिल्ला पार्टी पनि अगाडि बढ्ने छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गठन हुनुपूर्व २०७५ साल जेठ २ गतेको अवस्थामा पार्टी आए आफु तयार रहने अध्यक्ष घिमिरेले बताए ।

एमाले फुटपछि जनप्रतिनिधि तथा एमाले कार्यकर्ताहरु नेकपा (एकिकृत समाजवादी) पार्टीमा जान रोक्नका लागि एमाले संखुवासभाले भेलाको आयोजना गरेको हो । जनप्रतिनिधिहरुको सहयोग मार्फत फुटबाट हुने क्षति रोक्न एमालेले भेलाको आयोजना गरी एकताको संकेत गरेका हुन् । एमाले बाट निर्वाचित जनप्रतिनिधिहरुलाई एमाले वा एकिकृत समाजवादी रोज्ने अन्तिम दिन नजिदै गर्दा एमालेले भेलाको आयोजना गरेको हो ।

कार्यक्रममा उपस्थीत मेयर, गाउँपालिका अध्यक्ष, उपाध्यक्ष वडा अध्यक्ष लगायताका जनप्रतिनिधिहरुले आफुहरु एमालेबाटै निर्वाचित भएको र एमालेमानै रहने प्रतिवद्धता जनाएका छन् । भेलामा एमालेबाट निर्वाचित अधिकाम्स जनप्रतिनिधीहरु उपस्थिति भएको एमालेले दाबी गरेको छ ।

सम्बन्धित समाचार