गुण एयरलाइन्सले काठमाण्डौं–तुम्लिङटार पहिलो पटक उडान भर्ने भएको छ । गुण एयरलाइन्सले पहिलो पटक तुम्लिङटार उडान भर्न लागेको हो । निजी क्षेत्रको लगानीमा सञ्चालित गुण एयरलाइन्सले असोजको पहिलो साता देखि तुम्लिङटार उडान भर्न लागेको गुण एयरलाइन्स तुम्लिङटार शाखाका जेनेरल सेल्स एजेन्ट (जीएसए) प्रमुख मनिस श्रेष्ठले जानकारी दिए ।
गुण एयरलाइन्सले तुम्लिङटार नियमित उडान गर्न लागेको तुम्लिङटार शाखाका जीएसए प्रमुख श्रेष्ठले बताए । गुण एयरलाइन्सले यात्रुको चापलाई मध्यनजर गर्दे ३० सिट र १८ सिट क्षमताको जहाजले तुम्लिङटार उडान भर्न लागेको उनले बताए । गुण एयरलाइन्सले असोजको पहिलो साता देखि काठमाण्डौं–तुम्लिङटार नियमित फ्लाइट गर्ने श्रेष्ठले बताए ।
गुण एयरलाइन्सले तुम्लिङटार शाखाका लागि डाँफे एड्भेन्चर्स प्रा.लिलाई अनुमति दिएको छ । गुण एयरलाइन्सले असोज १ गते बाट तुम्लिङटार देखि काठमाण्डौं जाने टिकट बुकिङ खुला गर्ने जनाएको छ । गुण एयरलाइन्सले बिशेष छुटमा तुम्लिङटारबाट काठमाण्डौं जाने पहिलो २ सय जना यात्रुलाई ३ हजार ९ सय ५० मा टिकट उपलब्ध गराउने गुण एयरलाइन्स तुम्लिङटार शाखाका जीएसए प्रमुख श्रेष्ठले बताए ।
तुम्लिङटार– काठमाण्डौं भाडादर ५ हजार ८ सय ५० छ । गुण एयरलाइन्स सञ्चालन भए पर्यटकिय क्षेत्रमा समेत टेवा पुग्नेछ । त्यस्तै काठमाण्डौं –तुम्लिङटार र ५ हजार ९ सय ५० छ ।
प्रतिक्रिया