संखुवासभा मादी नगरपालिका १ खोला गाउँमा एकै परिवारका ६ जनाको हत्या प्रकरण ‘प्लान मर्डर’ नै भएको पुष्टि भएको छ । प्रहरीले यो घटनामा संलग्न थप ४ जनालाई पक्राउ गरेसँगै यो हत्या प्रकरणमा स्थानीय एव नाताले काका पर्ने खड्गबहादुर कार्कीको प्लानमा बनेको मर्डर पुष्टि भएको छ ।
जिल्ला प्रहरी कार्यालय संखुवासभाले सोमबार पत्रकार सम्मेलन गरी स्थानीय बौद्धमान कार्कीको ३ पुस्ते परिवार सखाप हुने गरी भएको हत्यामा प्रकरणको मुख्य योजनाकार छिमेकी खड्गबहादुर कार्कीको योजनामा भएको जानकारी दिएको छ ।
खड्गबहादुरको योजनामा यस अघि पक्राउ परेका लोकबहादुर, उनका बुवा रणबहादुर, भाइ नरेश र खड्गबहादुरका छोरा हस्तबहादुर मिलेर तेजबहादुरका परिवारको हत्या भएको प्रहरी अनुसन्धानबाट खुलेको हो ।
हत्याको योजना भदौ २० गते राती बनाएको अनुसन्धानबाट खुलेको छ । हत्याका मुख्य योजनाकार खड्गबहादुर नियमित रक्सी खाने र घरमा श्रीमती र परिवारका सदस्यहरूलाई कुटपिट गाली गलौच गर्ने गरेको र तेज कुमारले ‘तँ जँड्याहा किन यसो गर्छस्” भनी गाली गर्ने गरेका थिए ।
खड्गबहादुरले पनि तेजबहादुरलाई “तँलाई के मतलब तँलाई मार्छु” भन्दै झगडा गरेको अनुसन्धानबाट खुलेको छ । त्यस्तै मृतक तेजबहादुरले लोकबहादुरलाई “तँ पागल, अल्छी, केही काम गर्न सक्दैनस्” भन्ने गरेका थिए । खड्गबहादुर, लोकबहादुरलाई मात्र नभई तेजबहादुरले नरेशलाई पनि “तँ डुँडे काम नलाग्ने भईस” भन्ने र रणबहादुरलाई समेत “तँ लठेब्रो केही गर्ने सक्दैनस्” भन्ने गरेको कारण प्रतिसोध साध्न तेजबहादुरको परिवार नै सखाप पार्ने योजना अनुसार हत्या भएको सङ्घीय प्रहरी इकाई कार्यालय धरानका प्रवक्ता एसपी भीम दाहालले अपराध न्युजलाई जानकारी दिए ।
घटनाको मुख्य योजनाकार खड्गबहादुर मृतक तेजबहादुरका काका नाता पर्छन ।
मृतक तेजबहादुरले धेरै पटक हेपेर गाली गर्ने गरेको कारण तेजबहादुरलाई तह लगाउने योजना अनुसार ४ जनाले हत्या गरेको प्रहरीसमक्ष स्वीकार गरेको दाहालले बताए । पक्राउ परेको लोकबहादुर, खड्ग बहादुर र हस्त बहादुरले चिर्पट र अलैँची खन्ने छुराको सहयोगबाट सबैको हत्या गरेको देखिएको छ ।
नरेशले भने शव तानेर खोलासम्म पुराउने र घोप्टो पार्नेमा मद्दत गरेको जनाइएको छ ।
घटनाको वेला मृतक नाबालकहरू दिपेन र गोमा समेत घर नजिकको बाटोमा आएको देखि हस्तबहादुर र लोकबहादुरले बाटो छेकी मुख थुनी लोक बहादुरले चिर्पटले हिर्काई घाटी बटारी हत्या गरेका थिए ।
हत्या पश्चात् पुनः खड्ग बहादुर र उनका छोरा हस्त बहादुर लोक बहादुरको घरमा गई सबै जना मिली कसैले सोधेमा घटनाको बारेमा कुनै पनि कुरा नसुनेको र थाहा नपाएको भनी भन्ने यदि प्रहरी आई पत्ता लगाएमा लोक बहादुरले मानसिक औषधी पनि खाने कारण निजले जिम्मा लिने भन्ने सल्लाह गरी फर्किएको अनुसन्धानबाट खुलेको छ ।
यस्तै खड्ग बहादुरको योजना अनुसार तेजबहादुरको घरमा भएको सम्पत्ति समेत लुट्ने योजना रहेको अनुसन्धानबाट देखिएको छ ।
२१ भदौमा संखुवासभाको मादी नगरपालिका–१ मादीको उम्लिङ खोला गाउँमा ६ जनाको सामूहिक हत्या भएको थियो । ५२ वर्षीय तेजबहादुर कार्की, उनकी ८४ वर्षीया आमा पार्वती, ५२ वर्षीया श्रीमती कमला, बुहारी ३२ वर्षीया रञ्जना, नाति ११ वर्षीय दीपेन र नातिनी सात वर्षीया गोमाको हत्या भएको थियो ।
यस्तो छ प्रहरीको प्रेस रिलिज :
मादि हत्याकाण्ड थप अनुसन्धान सम्वन्धि प्रेश रिलिज
घटना मिति २०७८।५।२१ गते घटना समय : अं :५।२० देखि ०५।४० वजे
घटनाको विवरण
मिति २०७८।५।२१ गते विहान अं। ५स्२० वजे जिल्ला संखुवासभा, मादी नगरपालिका वडा नं। १ खोलागाउका वर्ष ९० को वौद्ध वहादुर कार्कीको श्रीमति वर्ष ८४ की पार्वता भन्ने पार्वती कार्की, छोरा वर्ष ५५तेज कुमार कार्की, छोरा वुहारी वर्ष ५४ की कमला भन्ने मनमाया कार्की, नातिनी वुहारी वर्ष ३२ की रंजना कार्की, पनाती वर्ष ८ को वपिन भन्ने दिपेन कार्की र पनातिनी वर्ष ५ की गोमा कार्की गरि एकै परिवारका ६ सदस्यहरुको टाउको तथा शरिरको बिभिन्न भागहरूमा दाउराको चिर्पटतथा धारिलो हतियार प्रहार गरि हत्या भएको र उक्त घटनामा निज वौद्ध वहादुर कार्की सकुसल अवस्थामा घरमा फेला परेको । घटनामा संलग्न अभियुक्त रण वहादुर कार्कीको छोरा वर्ष २५ को लोक वहादुर कार्कीलाई मिति २०७८।५।२७ गते पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरिएको ।
घटनाको थप अनुसन्धान गर्न १ नं। प्रदेश प्रहरी प्रमुख प्रनामनि अरूण कुमार विसिको निर्देशनमा संघीय प्रहरी कार्यालयका प्रहरी उपरीक्षक भीम दाहालको कमाण्डमा जिप्रका संखुवासभाको प्रनाउ लालध्वज सुवेदी, ईप्रका चैनपुरका प्रनि र प्रदेश प्रहरी कार्यालय ९च्क्ष्त्० का प्रनि सहितको संयुक्त अनुसन्धान समुह निरन्तर रूपमा थप अनुसन्धानमा जुटेकोमा थप तथ्यहरू र घटनाको मुख्य योजनाकार सहित मादी नगरपालिका वडा नं। १ उम्लिङ खोला गाउँ वस्ने ४ जनालाई नियन्त्रणमा लिई कारवाही प्रकृया अगाडि वढाएको ।
पक्राउ परेका अभियुक्तहरू
१। लाल वहादुर कार्कीको छोरा वर्ष ४७ को खड्ग बहादुर कार्की ९मुख्य योजनाकार०
२। खड्ग वहादुर कार्कीको छोरा वर्ष २८ को हस्त वहादुर कार्की
३। लाल वहादुर कार्कीको छोरा वर्ष ४९ को रण वहादुर कार्की
४। रण वहादुर कार्कीको छोरा वर्ष १७ को नरेश कार्की
अनुसन्धानवाट खुलेका थप तथ्यहरू :
घटना योजनावद्धढंगवाट ५ जनाको समुहले घटाएको जुन योजना अभियुक्त लोक वहादुर कार्कीको घरमा घटनाको अघिल्लो रात राति ८ वजे मुख्य योजनाकार खड्ग वहादुर कार्की सहित हस्त वहादुर कार्की, लोक वहादुर कार्की र नरेश कार्की समेत वसि वनाएको । योजना अनुसार घटनाको दिन २१ गते विहान मृतक तेज कुमार कार्की खेताला वोलाउन लोक वहादुरको घरमा आउने र सोहि अवसरमा मौका छोपि तेज कुमार र कमला कार्कीको हत्या गर्ने अन्यले थाहा पाए भने उनिहरूको पनि हत्या गर्ने साथै अनुकुल मिलेमा तेज कुमारको घरमा भएको धनमाल समेत लानेयोजना रहेको ।
घटनाको दिन मृतकको पिप्ले स्थित खेतमा अभियुक्तहरू खड्ग वहादुर कार्की, हस्त वहादुर कार्की, लोक वहादुर कार्की र नरेश नरेश कार्की समेत खेताला जाने कुरा पहिला नै निस्चित भएको ।
योजना अनुसार मृतक तेज कुमार कार्की विहान आउने निस्चित गर्न खड्ग वहादुर कार्की विहान ५ वजे तेज कुमार कार्कीको घरमा गई “लोक वहादुर अल्छि छ घरमै गएर खेताला निश्चित गर्नु” भनि तेज कुमार कार्कीलाई लोक वहादुर कार्कीको घर तर्फ जान अभिप्रेरित गरि घर तर्फ फर्केको र तेज कुमार लोक वहादुर कार्कीको घर तिर जादै गरेको देखे पछि खड्ग वहादुर र हस्त वहादुर निजको घर पछाडि चिर्पट वोकि तयारी हालतमा वसेको ।
मृतक तेज कुमार कार्की विहान ५ वजे उठी लोक वहादुरको घरमा खेताला निस्चित गई सुति रहेको लोक वहादुर लाई “अल्छि अझै सम्म उठेको छैनस्” भन्दै कराए पछि लोक वहादुर उठेको, लोक वहादुरको भाई नरेश कार्की र वावु रण वहादुर कार्की समेत घरमै रहेको । घरवाट फर्केने क्रममा योजना अनुसार लोक वहादुरले भाई नरेशलाई ईसारा गरि आफुले दाउराको चिर्पट र अलैचि काट्ने चक्कु वोकीपछि पछि गई घर पछाडिको गोगनेको रूख नजिक मृतक तेज कुमारको टाउकोमा प्रहार गरि लडाएको र खड्ग वहादुर र हस्त वहादुर दाउराको चिर्पट लिई आई तेज कुमार माथि प्रहार गरेको र हस्त वहादुरले चक्कुले पेटमा प्रहार गरि डिलवाट लडाई वाटोमा झारी हत्या गरि घोप्टो पारेको ।
घटनाको वेला मृतकले “लोकेले मार्यो, मलाई नमार” भन्दै गरेको हार गुहार सुने पछि “मेरो श्रीमानलाई नमार” भन्दै तेज वहादुरको श्रीमति र वुहारी आएकोमा लोक वहादुरले कमला कार्कीलाई प्रहार गरेको, कमलाको घाटिमा हस्त वहादुरले छुरा प्रहार गरेको र वुहारी रंजनानरेशले ठेली खोल्सामा झारेको र खडक वहादुर, लोक वहादुर र हस्त वहादुर मिलि हत्या गरेको । मृतक रंजनाको लास रण वहादुर र नरेश समेतले कमलाको लास भएको स्थान सम्म पुर्याउन सहयोग गरेको ।
उक्त घटनाको वेला मृतक नावालकहरू दिपेन र गोमा समेत घर नजिकको वाटोमा आएको देखि हस्त वहादुर र लोक वहादुरले वाटो छेकी मुख थुनि लोक वहादुरले चिर्पटले हिर्काई घाटी वटारी हत्या गरेको ।
तत् पश्चात पाचै जना अभियुक्तहरू मृतकको घर तर्फ गएको र घरमा मृतक ८४ वर्षीय पार्वती कार्की मकै नंग्याई रहेको अवस्थामा हस्त वहादुरले समाती घर पछाडिको गोठ नजिक लगि लोक वहादुरले टाउको भित्तामा ठोक्काई घाटी वटारी हत्या गरेको र सवै जना घटनामा प्रयोग गरेको चिर्पट र छुरी वोकि लोक वहादुरको घरमा गई लागेको रगत पखाली छुरी घुई बुईकलमा लुकाएको, चिर्पटहरू अगेनामा डडाएको, रगत लागेको कपडाहरू समेत लुकाएको । खड्ग वहादुर र निजको छोरा हस्त वहादुर घर तर्फ गएको । फर्कने क्रममा रंजनाको ओप्पो मोवाईल नरेशले लिएर आई स्विच अफ गरि घरमुनिको ओडारमा लगि लुकाएकोमा अनुसन्धानको क्रममा फेला परेको ।
पुनः खड्ग वहादुर र निजको छोरा हस्त वहादुर लोक वहादुरको घरमा गई सवै जना मिलि कसैले सोधेमा घटनाको वारेमा कुनै पनि कुरा नसुनेको र थाहा नपाएको भनि भन्ने यदि प्रहरी आई पत्ता लगाएमा लोक वहादुरले मानसिक औषधी पनि खाने कारण निजले जिम्मा लिने भन्ने सल्लाह गरि फर्केको ।
घटनामा संलग्न चारै जनालाई नियन्त्रणमा लिई अनुसन्धान भई रेहेको र अनुसन्धानको क्रममा सबै अभियुक्तहरूले घटना स्वीकार गरेको र घटनामा प्रयोग भएको छुरी, कपडा र हराएको मोवाईल समेत वरामद गरि थप अनुसन्धान भई रहेको ।
घटना घटनुका कारणहरु
अभियुक्तहरू मध्ये खड्ग वहादुर नियमित रूपमा रक्सी खाने र घरमा श्रीमति र परिवारका सदस्यहरूलाई कुटपिट गालि गलौज गर्ने र तेज कुमारले ‘तं जड्याहा किन यसो गर्छस” भनि गालि गर्ने र खड्ग वहादुरले पनि “तलाई के मतलव तलाई मार्छु” भन्दै झगडा गर्ने गरेको र लोक वहादुरलाई “तं पागल, अल्छि, केहि काम गर्न सक्दैनस”भन्ने नरेशलाई “तं डुडे काम नलाग्ने भईस” भन्ने र रण वहादुरलाई समेत “तं लठेव्रो केही गर्ने सक्दैनस” भन्ने गरेको, जहिले पनि हेप्ने र आफु सम्पन्न भएको फुर्ति दिने गरेको भनि मनमा ईख पालेको र घटनाको दिने अभियुक्तहरू समेत मृतकको खेतमा खेताला जानु पर्ने कारण सोहि मौका छोपि योजना वनाई हत्या गरेको ।
प्रतिक्रिया