नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा मुक्तिसिंह राईले सभापति पदका लागि अनौपचारीक रुपमा उम्मेदवारी घोषणा गरेका छन् । राईले सामाजिक सञ्जाल मार्फत सभापति पदमा उम्मेदवारीमा दावी गरेका हुन् । महाधिवेशन दौडानकै क्रममा आफु जिल्ला बाहिर भएकाले छिट्टै जिल्ला आएर पत्रकार सम्मेलन मार्फत औपचारिक रुपमा उम्मेदवारी घोषणा गरिने जानकारी दिए ।
सभापति पदका लािग संखुवासभाका पुर्व खानेपानी तथा सरसफाई राज्यमन्त्री दिपक खड्का, सभापति दिपन कुमार श्रेष्ठ र उपसभापति राम कुमार जीमीको पनि अनौंपचारिक रुपमा उम्मेदवारी दावी गरिरहेका छन् ।
राईले हामीसँग कुरा गर्दै भने निष्ठा, त्याग र वलिदानबाट प्राप्त हुने जस्तो सुकै परिणामहरु पनि एक स्वाभिमानी कार्यकर्ताका लागि स्वीकार्य हुनेछ । उनले थपे निष्ठाको राजनिति र कार्यकर्ताको मनोबललाई उच्च बनाउन अहिले युवा नेतृत्वको खाँचो पर्ने हुनाले सबैको अनुरोधलाई स्वीकार गर्दै उम्मेदवारी दावी गरेको हुँ ।
विद्यार्थी राजनिति देखि कांग्रेसका जिल्ला सचिव, महासमिति सदस्य लगायत कार्यवाहक सभापतिको जिम्मेवारी सम्हालिसकेका राईले जिल्ला सभापतिको दावी फलदायी बन्ने आशा व्यक्त गरेका छन् ।
पुर्व राज्यमन्त्रीको पनि दावी छनी भन्ने प्रश्नको जवाफ दिँदै राईले जिल्लाका नेता तथा कार्यकर्ता, पुर्व राज्यमन्त्रीद्धयसँग भएको पुर्व सल्लाह बमोजिम नै सभापतिमा आफ्नो दावी रहेको छ । आफु निष्ठाको राजनिति गर्ने भएकाले बैचारिक प्रतिस्पर्धाको लागि उच्च मनोबलका साथ तयार रहेको बताएका छन् । अबको कांग्रेस नेतृत्वमा अवसर र निष्ठा बिचको प्रतिष्पर्धाले निर्धारण गर्ने भएकाले इमान्दिारिताको जीत हुनेमा उनी ढुक्क छन् ।
जनयुद्धताका प्रजातन्त्र र लोकतन्त्रको निम्ति उनी र उनका बुबा जुद्ध बहादुरले मानसिक तथा शारिरिक यातना भोगेका राईलाई १० वर्षे जनयुद्धका जिउँदो सहिदको रुपमा समेत लिने गरेका छन् ।
प्रतिक्रिया