मादी नगरपालिकाको कांग्रेस सभापतिमा यादव खड्का



संखुवासभाको मादी नगरपालिकाको कांग्रेस सभापतिमा यादव खड्का चयन भएका छन् । यादव सर्वसहमतीमा सभापति भएका हुन् । नेपाली कांग्रेसको १४ औं महाधिवेशनको क्रममा आज (शनिबार) भएको गाउँ नगर अधिवेशनबाट मादी नगरपालिकामा सर्वसहमती जुटेको हो । खड्का सभापति सहित विभिन्न पदको लागि सर्वसहमति जुटेको जिल्ला सचिव डम्बर बस्नेतले बताए ।

यसअघि चिचिला गाउँपालिकामा पनि दिनेश राई सभापतिमा सर्वसम्मत चयन भएसंगै संखुवासभाको बाँकी ८ स्थानीय तहमा अधिवेशन भई रहेको छ । साँझसम्ममा अन्य पालिकाको पनि नतिजा आई सक्ने छ ।

 

सम्बन्धित समाचार