संखुवासभाको चैनपुर नगरपालिकाको कांग्रेस सभापतिमा शंकरमान कणेल चयन भएका छन् । कणेल सर्वसहमतीमा सभापति भएका हुन् । नेपाली कांग्रेसको १४ औं महाधिवेशनको क्रममा आज (शनिबार) भएको गाउँ नगर अधिवेशनबाट चैनपुर नगरपालिकामा सर्वसहमती जुटेको हो । कणेल सभापति सहित विभिन्न पदको लागि सर्वसहमति जुटेको नेता कुमारबाबु अधिकारीले बताए ।
यसअघि चिचिला गाउँपालिकामा दिनेश राई र मादी नगरपालिकामा यादव खड्का सभापतिमा सर्वसम्मत चयन भएसंगै संखुवासभाको बाँकी ७ स्थानीय तहमा अधिवेशन भई रहेको छ । साँझसम्ममा अन्य पालिकाको पनि नतिजा आई सक्ने छ ।
प्रतिक्रिया