धर्मदेवी नगरपालिकाको कांग्रेस सभापतिमा बद्री बहादुर घिमिरे



संखुवासभाको धर्मदेवी नगरपालिकाको कांग्रेस सभापतिमा बद्री बहादुर घिमिरे चयन भएका छन् । घिमिरे सर्वसहमतीमा सभापति भएका हुन् । नेपाली कांग्रेसको १४ औं महाधिवेशनको क्रममा आज (शनिबार) भएको गाउँ नगर अधिवेशनबाट धर्मदेवी नगरपालिकामा सर्वसहमती जुटेको हो । घिमिरे सभापति सहित विभिन्न पदको लागि सर्वसहमति जुटेको जिल्ला सचिव डम्बर वस्नेतले बताए ।

यसअघि चिचिला गाउँपालिकामा दिनेश राई र मादी नगरपालिकामा यादव खड्का, चैनपुर नगरपालिकामा शंकरमान कणेल सभापतिमा सर्वसम्मत चयन भएसंगै संखुवासभाको बाँकी ६ स्थानीय तहमा अधिवेशन भई रहेको छ । साँझसम्ममा अन्य पालिकाको पनि नतिजा आई सक्ने छ ।

सम्बन्धित समाचार