संखुवासभाको ४ पालिकामा कांग्रेस सभापतिको टुंगो लाग्यो



संखुवासभाको १० वटा पालिकाहरु मध्ये ४ वटा पालिकामा कांगे्रस सभापतिको टुंगो लागेको छ । नेपाली कांग्रेसको १४ औं महाधीवेशन अन्तर्गत भएको गाउा नगर अधिवेशनमा संखुवासभाको ४ पालिकामा सभापति संगै अन्य पदाधीकारीको समेत टुंगो लागेको कांग्रेसले जनाएको छ ।

संखुवासभाको चैनपुर, मादी, धर्मदेवी नगरपालिका र चिचिला गाउँपालिकामा कांग्रेस सभापति टुंगो लागेको हो । उनीहरु सर्वसहमतले सभापति चयन भएको हो । अन्य पालिकामा समेत सहमतिका लागि प्रयास भईरहेको जिल्ला सचिव डम्बर वस्नेतले बताए ।

चिचिला गाउँपालिकामा दिनेश राई, मादी नगरपालिकामा यादव खड्का, चैनपुर नगरपालिकामा शंकरमान कणेल र धर्मदेवी नगरपालिकामा बद्री बहादुर घिमिरे सभापतिमा सर्वसम्मत चयन भएका हुन् ।

सम्बन्धित समाचार