भोजपुर । भोजपुरको साल्पाशिलिछो गाउँपालिका अध्यक्षले वडाध्यक्षलाई हातपात गरेको भन्दै नेकपा एमाले भोजपुरले विज्ञप्ती जारी गरेको छ । वडा नं.२ स्थित अस्थायी कोभिड अस्पताल तथा कुलुङ स्वास्थ्य चौकीमा कार्यरत भविन्द्र कार्कीले लामो समयदेखि तलब भक्ता नपाएको विषयमा विबाद हुँदा गाउँपालिका अध्यक्ष महेश राईले हातपात गरेको भन्दै एमालेले विज्ञप्ती जारी गरेको हो । एमालेका जिल्ला कमिटी सदस्यसमेत रहेका वडा नं. २ का वडाध्यक्ष मान बहादुर खत्रीलाई गाउँपालिका अध्यक्षले बाटोमा हातपात गरेको विज्ञप्तीमा उल्लेख छ ।
विज्ञप्तीमा भनिएको छ, साल्पासिलिछो गाउँपालिका वडा नं. २ स्थित अस्थायी कोभिड अस्पताल तथा कुल्ङ्ग स्वास्थ्य चौकीमा कार्यरत भविन्द्र कार्कीले लामो समय देखि तलब भत्ता नपाएको र उक्त पालिका अध्यक्षलाई डा. भविन्द्र कार्कीले के कती कारणले मेरो सेवा सुविधा रोकिएको हो भनी सोद्धा राजिनामा गर भनेको विषयमा साल्पासिलिछो गाउँपालिका वडा नं. १२ का जनता सहित २ नं. का वडा अध्यक्ष तथा नेकपा एमाले जिल्ला कमिटि सदस्य क. मानबहादुर खत्री पूर्ण जानकारी गराएर नै गाउँपालिकामा मिति २०७८ असोज ८ गते डेलिकेशनमा जानुभएको हो । गाउँपालिकाका अध्यक्ष र कार्यकारी प्रमुख नभेटेपछी निवेदन दिएर कुलुङ तर्फ फर्कने क्रममा २०७८ असोज ८ गते दिउँसो ४:३० बजे तिर हाम्रो पार्टि जिल्ला कमिटि सदस्य तथा वडा नं. २ का अध्यक्ष मानबहादुर खत्री माथी गाउँपालिका अध्यक्ष एवम नेपाली काङ्ग्रेस नेता महेश राईले हातपात गर्नुभएको छ । गाउँपालिका अध्यक्ष जस्तो जिम्मेवार व्यक्तिले गरेको दुर्व्यवाहार प्रति खेत व्यक्त गर्दै गम्भिर ध्यानाकर्षण भएको व्यहोरा अवगत गराउन चाहान्छौ ।
यता गाउँपालिका अध्यक्ष महेश राई भने त्यस्तो कुनै विवाद नभएको बताएका छन् । अध्यक्ष राईले भने,‘ हामी बीच खास त्यस्तो ठुलो विवाद भएको होइन, घटनालाई राजनितिकरण गर्न खोजिएको मात्र हो । यो बाहिर आउनु पर्ने विषय होइन्, ।
प्रतिक्रिया