सभापति छान्न खाँदबारीमा मतदान सुरु



संखुवासभाको खाँदबारी नगरपालिकामा नगर सभापति चयनका लागि मतदान सुरु भएको छ । नेपाली कांग्रेसको १४ औं महाधीवेशन अन्तर्गत आज भएको गाउा नगर अधिवेशनमा सभापति पदका लागि सहमति हुन नसकेपछी मतदान गरिएको हो । सभापति पदका लागि गोकुल खनाल र गणेश कार्कीबिच प्रतिपर्धा भएको छ ।

दुवै उम्मेद्धारी उत्तिकै दावेदारी मानिएको छ । अन्तिम समयसम्म पनि सहमती जुटाउन प्रयास गर्दा असफल भएपछी निर्वाचन नै गर्नु परेको कांग्रेसले जनाएको छ ।

अहिलेसम्म संखुवासभाको चिचिला गाउँपालिकामा दिनेश राई, मादी नगरपालिकामा यादव खड्का, चैनपुर नगरपालिकामा शंकरमान कणेल र धर्मदेवी नगरपालिकामा बद्री बहादुर घिमिरे सभापतिमा सर्वसम्मत चयन भएका हुन् ।

सम्बन्धित समाचार