संखुवासभाको मकालु गाउँपालिकामा गाउँपालिका सभापति र उपसभापति चयनका लागि मतदान सुरु भएको छ । नेपाली कांग्रेसको १४ औं महाधीवेशन अन्तर्गत आज भइरहेको गाउँ नगर अधिवेशनमा सभापति र उपसभापति पदका लागि सहमती हुन नसकेपछी मतदान गरिएको हो । सभापति पदका लागि ओंदी शेर्पा र हरी राई बिच प्रतिष्पर्धा भएको छ । शेर्पा वडा नं. १ का अध्यक्ष हुन् भने राई कांग्रेसका गाउँपालिका सभापति हुन् । त्यसैले दुवै उम्मेद्धार उत्तिकै दावेदारी मानिएको छ । उपसभापतिका लािग वसन्त राई, कृष्णमान गुरुङ र मणिलाल राई बिच मतदान भएको हो ।
अन्तिम समयसम्म पनि सहमती जुटाउन प्रयास गर्दा असफल भएपछी निर्वाचन नै गर्नु परेको कांग्रेसले जनाएको छ ।
अहिलेसम्म संखुवासभाको चिचिला गाउँपालिकामा दिनेश राई, मादी नगरपालिकामा यादव खड्का, चैनपुर नगरपालिकामा शंकरमान कणेल र धर्मदेवी नगरपालिकामा बद्री बहादुर घिमिरे सभापतिमा सर्वसम्मत चयन भएका छन्् । भने खाँदबारीमा सभापति पदका लागि गोकुल खनाल र गणेश कार्कीबिच सहमती हुन नसकेपछी मतदान भईरहेको छ ।
प्रतिक्रिया