षडानन्द नगरपालिकामा कांग्रेसको अधिवेशन स्थगित



भोजपुर । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत षडानन्द नगरपालिकाको अधिवेशन स्थगित भएको छ । देशैभर भइरहेको अधिवेशनमा षडानन्दको नगर अधिवेशन स्थगित भएको हो । सहमतीको आधारमा सर्वसहमत नभएपछि अधिवेशन स्थगित भएको हो ।

नगर सभापतीमा तिन जनाको उम्मेद्धारी रहेको छ । हालका सभापति राजु वस्नेत, सचिव किशोर राई र जिल्ला सदस्य भिम तामाङको उम्मेद्धारी रहेको छ । तिनै जनामा सहमति हुन नसकेपछि अर्को सुचना नआएसम्मको लागि अधिवेशन स्थगित भएको नेपाली कांग्रेसका नेता देबी श्रेष्ठले जानकारी दिए ।

सम्बन्धित समाचार