संखुवासभाको खाँदबारी नगरपालिकामा नगर सभापति चयनका लागि भएको निर्वाचनमा मतदान सम्पन्न भएको छ । नेपाली कांग्रेसको १४ औं महाधीवेशन अन्तर्गत आज भएको गाउँ नगर अधिवेशनमा सभापति पदका लागि सहमति हुन नसकेपछी निर्वाचन गरिएको थियो । सभापति पदका लागि गोकुल खनाल र गणेश कार्कीबिच निर्वाचन भएको हो ।
अहिलेसम्म संखुवासभाको चिचिला गाउँपालिकामा दिनेश राई, मादी नगरपालिकामा यादव खड्का, चैनपुर नगरपालिकामा शंकरमान कणेल र धर्मदेवी नगरपालिकामा बद्री बहादुर घिमिरे सभापतिमा सर्वसम्मत चयन भएका हुन् ।
अहिलेसम्म संखुवासभाको चिचिला गाउँपालिकामा दिनेश राई, मादी नगरपालिकामा यादव खड्का, चैनपुर नगरपालिकामा शंकरमान कणेल र धर्मदेवी नगरपालिकामा बद्री बहादुर घिमिरे सभापतिमा सर्वसम्मत चयन भएका छन् । भने मकालु गाउँपालिकामा सभापति र उपसभापति पदका लागि मतदान भइरहेको छ ।
प्रतिक्रिया