संखुवासभा । नेपाली कांग्रेस १४ औं महाधीवेशन अन्तर्गत नेपाली कांगे्रस संखुवासभाको खाँदबारीमा भईरहेको महाधीवेशनमा मतदान सुरु भएको छ । कांग्रेसको जिल्ला तथा केन्द्रिय महाधिवेशन प्रतिनिधि चयनका लागि मतदान सुरु गरिएको हो ।
शुक्रबारदेखि सुरु भएको महाधीवेशनमा शनिबार मध्यान्हसम्म सहमति हुन नसकेपछी नेतृत्व चयनका लागि निर्वाचन भएको हो ।
पुर्वराज्यमन्त्री दिपक खड्का प्यानलको उम्मेद्धारी घोषणा गरेपछी निर्वाचन सुरु भएको हो ।
खड्काको बलियो प्रतिद्धन्द्धी मानिएका राईमान राईलाई असन्तुष्ट रहेका पक्षले मत दिन सक्ने विश्वास गरिएको छ ।
सभापति पदसंगै जिल्लाका अन्य पद र प्रतिनिधिका लागि समेत मतदान हुने भएको छ । उम्मेद्धारहरुले आफ्ना पालिका र क्षेत्रका मतदाताहरुलाई सदरमुकाम ल्याइसकेका छन् ।
संखुवासभा जिल्ला कार्यसमितिमा ४२ पद र महाधिवेसन प्रतिनिधीका लागि २६ पदमा निर्वाचन हुने भएको हो
जिल्ला अधिवेसनमा एक हजार तीन सय ८९ जना प्रतिनिधीहरुले मतदान गर्न पाउने छन् ।
प्रतिक्रिया