संखुवासभा । संखुवासभाको चिचिला गाउँपालिकामा साँस्कृतिक तथा साहित्यिक महोत्सव हुने भएको छ । चिचिला गाउँपालिकाको सहयोग तथा मकालु साहित्य समाज संखुवासभाको आयोजनामा मंसिर ३ गते महोत्सव हुने भएको छ । घुम्टोकी सुन्दरी चिचिला नगरी : साहित्य सँस्कृतिको परी पर्यटकीय मत्श्यपोखरी नाराकोसाथ महोत्सव गर्न लागिएको समाजका अध्यक्ष तारा बहादुर बुढाथोकीले बताए । महोत्सवमा प्रमुख अतिथिका रुपमा नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा. जगमान गरुङ रहनेछन् ।
यस्तै बरिष्ठ साहित्यकार एबम् पत्रकार पुरुषोत्तम दाहाल, भरत गुरागाई, कविता राई लगायतका दर्जन कवि कवयित्रीको उपस्थिति रहने आयोजकले इमकालुलाई जानकारी दिए ।
भगवानको पहिलो अवतार भएको मत्स्यपोखरीलाई घुम्टोभित्रकी सुन्दरी नारा दिएर त्यहाँको प्रचारप्रसारमा जोड दिन लागिएको हो । जैविक विविधताको धनी चिचिला गाउँपालिकाको केन्द्र भागमा अवस्थित मत्स्यपोखरीसम्म सवारी साधनहरु पुग्न सक्छन् । जिल्ला सदरमुकाम खाँदबारीबाट एकदिन टुरमा निस्कन सहज यात्रा हुने मत्स्यपोखरी अब सुविधायुक्त ठाउँमा रहेको र त्यहाँ पर्यटन प्रवद्र्धन गराउँनु खाँचो रहेको साहित्यकार तारा बहादुर बुढाथोकीको भनाई छ ।
मत्स्यपोखरी मेलामा त्यस क्षेत्रमा मात्र उत्पादन हुने पानीमकै र त्यसका परिकारहरुको स्वाद चखाउँने समेत कार्यक्रम तय गरिएको पालिका कार्यालयले जनाएको छ ।
प्रतिक्रिया