खाँदबारी । नेपाली काँग्रेसका महामन्त्री डाक्टर ससाङ्क कोईरालाले आफु नै नेपाली काँग्रेसको चौधौं महाधिवेशनमा सभापतिको बलियो उम्मेदवार रहेको घोषणा गरेका छन् ।
आज संखुवासभाको तुम्लिंङ्गटारमा संञ्चारकर्मी संग कुरा गर्दै महामन्त्री कोईरालाले आफु नै सभापतिको बलियो उम्मेदवार रहेको घोषणा गरेका हुन् । सबैलाई मिलाएर निष्ठावान काँग्रेस निर्माण गरि जनताको आसा र भरोषाको काँग्रेस निर्माण गर्न आफु अग्रसर भैसकेकाले आफु कुनै हालतमा ब्याक नहुने उनले बताए ।
सभापतिका प्रत्याशिहरु धेरै देखिए नि भन्ने जिज्ञासामा महामन्त्री कोईरालाले सबैसंग आन्तरिक छलफल र गृहकार्य भैरहेकाले आफ्नो पक्षमा सबैको सहयोग रहनेमा आफु ढुक्क भएको समेत उनले जनाए ।
उनले अहिले काँग्रेसको जिल्ला अधिवेशन चलिरहेकाले अधिवेशन सकिन साथ आफु छलफलमा जुट्ने तैयारीमा रहेको जानकारी दिए । अहिले गठबन्धनको सरकार चलिरहेको छ । यो गठबन्धन निर्वाचन अघिसम्म कायम रहेपनि आगामी निर्वाचनमा काँग्रेस एक्लै लड्ने समेत उनले खुलासा गरे ।
आगामि निर्वाचनमा नेपाली काँग्रेसले कसैसंग गठबन्धन र सहकार्य गर्दैन काँग्रेस एक्लै लड्छ र बहुमत ल्याउँछ यो कुरामा हामि ढुक्क छौं उनले भने । बिपी कोईरालाको बिचार र आदर्श नै आफ्नो राजनितिक आधार र अभिष्ट भएकाले बिपिको सपना साकार पार्ने काँग्रेस निर्माणका लागि आफ्नो उम्मेदवारी रहनेमा कुनै शंका नगर्न आग्रह गरे ।
प्रतिक्रिया