सिलिचोङमा क्षयरोगसम्बन्धी कार्यक्रम सम्पन्न



ताम्कु । संखुवासभाको सिलिचोङ गाउँपालिकामा क्षयरोग कार्यक्रम अन्तर्गत स्वास्थ्यकर्मीको क्षमता अभिवृद्धि साथै क्षयरोग उपचार सम्बन्धी चौमासिक समिक्षा तथा कोहर्ट विश्लेषण कार्यक्रम सम्पन्न भएको छ ।

सोमबार सिलिचोङ गाउँपालिकाको हलमा गाउँपालिकाभित्रका सबै स्वास्थ्य संस्थाका प्रमुख तथा क्षयरोग कार्यक्रमका फोकल पर्सनहरुको उपस्थितीमा कार्यक्रम सम्पन्न भएको हो ।
स्वास्थ्य शाखाको आयोजामा भएको कार्यक्रममा स्वास्थ्य कार्यालय संखुवासभाका ल्याव टेक्नेसियन अधिकृत राज कुमार पाण्डेले सहजीकरण गर्न भएको थियो ।

कार्यक्रममा गत बर्षको क्षयरोग सम्बन्धी विश्लेषण, वितेको ४ महिनामा गरेको काम र आगमी योजना बनाएको स्वास्थ्य शाखाले जनाएको छ । अब प्रत्येक महिनाको ५ गते प्रत्येक स्वास्थ्य संस्थामा खकार नमुना संकलन गरि जिल्लामा जाँच गर्न पठाउने योजना गरिएको स्वास्थ्य शाखा प्रमुख दिपेन्द्र कुलुङले बताउनुभयो ।

क्षयरोगका विरामी गाउँगाउँमा रहेपनि उपचारको दायरामा ल्याउन नसकिएकोले यो कार्यक्रलाई सघन रुपमा अगाडी बढाउनुपर्ने वहाँको भनाई छ ।

सम्बन्धित समाचार