चिचिलामा अनमी पदमा जागिर खुल्यो (विज्ञापन सहित)



खाँदबारी । चिचिला गाउँपालिकाले अनमी पदको लागि स्वास्थ्यकर्मी पदपुर्ती गर्ने भएको छ । गाउँपालिका भित्र काम गर्ने गरि करार सेवामा पदपूर्ती गर्ने गरि विज्ञापन गरेको हो ।

गाउँपालिकाले मंसिर १२ गते पहिलो पटक सात दिनको लागि विज्ञापन जारी गरेको छ । सो अनुसार ईच्छुक उमेद्वारले मंसिर १८ गते भित्र रितपुर्वक निवेदन दिईसक्नु पर्ने छ । उमेद्वार मान्यता प्राप्त शैक्षिक संस्थाबाट एनएमए उतिर्ण भई नर्सिङ काउन्सिलमा दर्ता भएको हुनु पर्नेछ ।

गाउँपालिकाको कार्यालयमा लिखित र मौखिक परिक्षा लिईने प्रमुख प्रशासकीय अधिकृत शुक्रादेवी राईले जानकारी दिनुभयो । परिक्षाको मिति भने आवेदन दिने म्याद सकिएपछि तोकिने बताईएको छ । परिक्षा दस्तुर पाँच सय रुपैयाँ लाग्नेछ ।

सम्बन्धित समाचार