बाला चतुर्दशीको अवसरमा षडानन्द नगरपालिकाले दियो दुई दिन बिदा



खाँदबारी । भोजपुरको षडानन्द नगरपालिकाले बाला चतुर्दशी पर्वका अवसरमा लाग्ने मेलाका लागि दुई दिन सार्वजनिक बिदा दिने भएको छ ।

मङ्सिर १ गते बसेको नगर कार्यपालिकाको बैठकको निर्णयअनुसार मङ्सिर १६ र १७ गते नगर क्षेत्रमा सार्वजनिक बिदा दिने निर्णय भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेशविक्रम बस्नेतले जानकारी दिए ।

उनका अनुसार मेला अवधिभर नगरपालिका क्षेत्र भित्रका सम्पूर्ण विषयगत शाखा कार्यालय, वडा कार्यालय, स्वास्थ्य संस्थ्या (आकस्मिक बाहेकका) र विद्यालय बन्द रहनेछन् ।

सम्बन्धित समाचार