खेलाडी र दर्शक बिना उद्घाटन गरियो षडानन्दको भलिबल प्रतियोगिता



भोजपुर । खेलाडी र दर्शक बिना नै अन्तर पालिका स्तरीय भलिबल प्रतियोगिताको उद्घाटन भएको छ । षडानन्द नगरपालिकाद्धारा आयोजित अन्तर पालिका स्तरीय भलिबल प्रतियोगिताको उद्घाटन आज साँझ खेलाडी र दर्शक बिना नै भएको हो ।

षडानन्द नगरपालिकाकी उपप्रमुख मेरिका राईको संयोजकत्व्मा भएको पालिका स्तरीय भलिबल प्रतियोगितामा नगरपालिकाका मेयर प्रमुख अतिथी रहेका थिए । आयोजक टिमका खेलाडी भित्र विवाद हुँदा खेल उद्घाटन ढिला भएको संयोजक मेरिका राईले जानकारी दिए ।

आयोजक टिममा राजनितिक पावर र एकलौटी ढंगबाट खेलाडी छनौट भएको कारण विवादा उत्पन्न भएको षडानन्द नगरपालिकाका एक भलिबल खेलाडीले बताएका छन् । तर आयोजक टिममले भने यो सरासर आरोप लगाउने काम मात्रै भएको बताएका छन् ।

सम्बन्धित समाचार