संखुवासभा । संखुवासभामा निर्माणाधिन अरुण तेस्रोको सुरुङमा भारतीय कामदारको मृत्यु भएको छ । चिचिला गाउँपालिका वडा नं. ३ सोलाखानी स्थित सुरुङमा काम गर्ने क्रममा माथिबाट ढुंगा खस्दा मध्य प्रदेश भारतका मुगेरीलाल सिंह घाइते भएका थिए ।
उनको उपचारको क्रममा बुधबार जिल्ला अस्पताल संखुवासभा खाँदबारीमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया