जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आइतबारबाट एमबिबिएस अध्यापन सुरु भएको छ।
राष्ट्रपति विद्यादेवी भण्डारीले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा एमबिबिएस, बी फार्मा, बिएनएस, बिएमएसलगायत शैक्षिक कार्यक्रमको आइतबार शुभारम्भ गरेकी छन्।
शैक्षिक कार्यक्रम शुभारम्भ गर्न राष्ट्रपति भण्डारी आइतबार बिहान ११ बजेर २० मिनटमा हेलिकोप्टरबाट जुम्ला आएकी हुन्।
राष्ट्रपति भण्डारीले प्रतिष्ठानको एमबिबिएस, बी फार्मा, बिएनएस, बिएमएसलगायतको पहिलो शैक्षिक कार्यक्रमको शुभारम्भ गर्नु भएको छ,’ प्रतिष्ठानका उपकुलपति डा. मंगल रावलले भने, ’त्यसपछि ७६ करोडको लागतमा निर्माण हुन लागेको चिकित्सा शिक्षाको शैक्षिक भवनको समेत शिलान्यास गर्नु भएको छ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्ट्रार नृपेन्द्र महतले भने, कर्णालीमा एमबिबिएस सञ्चालन हुनु गौरवको विषय हो। यसलाई सफल पार्न सबैको सकारात्मक सहयोग आवश्यक छ।
शैक्षिक कार्यक्रम शुभारम्भमा कर्णाली प्रदेश प्रमुख तिलक परियार, स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडा, स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री भवानीप्रसाद खापुङ, राष्ट्रिय चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा।श्रीकृष्ण गिरी, विज्ञ सल्लाहकार डा।रमेश ढकाल र डा।गुणराज लोहनी लगायतको सहभागिता थियो।
०६८ सालमा स्थापना भएको प्रतिष्ठानले ०७३ सालमा एमबिबिएस अध्यापन अनुमतिका लागि प्रयास गरेको भएपनि गत फागुनमा २० सिट पाएको गरेको थियो।
प्रतिक्रिया