काठ्माण्डौ । क्रिसमसको अवसरमा सरकारले शनिबार बिदा दिने निर्णय गरेको छ। शुक्रबार मन्त्रिपरिषद्ले गरेका निर्णय सुनाउँदै सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चार प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले १० पुसमा सार्वजनिक बिदा दिने निर्णय भएको बताए। उनका अनुसार, क्रिसमसका अवसरमा सार्वजनिक बिदा दिने निर्णय भएको हो।
यससँगै औद्योगिक व्यवसाय ऐन २०७६ को दफा ५ ९१० बमोजिम औद्योगिक तथा लगानी प्रवर्द्धन कोष स्थापना गर्ने निर्णय भएको उनले बताए। मन्त्रिपरिषद् बैठकले विधायन व्यवस्थापन सम्बन्धी विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति दिने पनि निर्णय गरेको छ।
त्यस्तै, रुपन्देहीको जग्गा रोडी गाउँपालिकाको नाममा हक हस्तान्तरण गर्न स्वीकृत दिने निर्णय गरेको छ। सरकारले हुलाक वस्तुको महसुल दर रेट पुनरावलोकन गर्ने र वैदेशिक द्रुत डाँक सेवा, इएमएस महसुल पुनरावलोकन गर्ने निर्णय पनि गरेको मन्त्री कार्कीले बताए।
प्रतिक्रिया