इटहरी । सुनसरीको इटहरीका मेयर द्धारीकलाल चौधरीले एक पत्रकारलाई कमेन्टमा जथाभावि गाली गरेपछि पत्रकारहरुको हकहितमा काम गर्ने बिभीन्न संगठनहरुले विरोध जनाएका छन् ।
इटहरीमा संचालित एक अनलाइनमा प्रकाशित ‘इटहरीका चामलचोरहरूसँग जनताका अपेक्षा र स्थानीय तहको निर्वाचन’ शीर्षकको विचारलाई लिएर इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरीले उक्त अनलाइनका संचालक तथा समाजवादी प्रेस संगठन नेपाल सुनसरीका अध्यक्ष प्रेम बाँस्तोलालाई सामाजिक संजालमा गरेको गाली, बेइज्जतीप्रति पत्रकार महासघं सुनसरी र समाजवादी प्रेस संगठन नेपालले गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।
पत्रकार महासघं सुनसरी र समाजवादी प्रेस संगठन नेपालले शुक्रबार विज्ञप्ती निकालेर मेयरको उक्त हर्कतप्रती विरोध जनाएका हुन् । माघ १६ गते उक्त अनलाइनमा प्रकाशित समाचार इटहरी अल न्युज नामको फेसबुक ग्रुपमा प्रेम बास्तोलाले सेयर गरेका छन् । सोही पेजमा मेयर चौधरीले “बास्तोला दूधले नुहाएको मान्छे हुन ? यो इटहरी आउँदा के लिएर आएको थियो ? ” भन्दै प्रश्न गरेका छन् । त्यसपछि लगातार “चोरका खन्तीहरू’, ‘चुतियाहरू’, ‘बास्तोला मेरो अगाडी आऊ मुखमा मुतिदिन्छु’, ‘बास्तोला हिम्मत छ सम्पत्ति शुद्धीकरण सँगै निवेदन दिऊ । तिमिलाई चुनौती ।” जस्ता कमेन्ट गरेका छन् ।
कुनैपनि समाचार या समाचार जन्य विषयमा चित्त नबुझे कानुनी उपाय खोज्ने प्रशस्त मार्ग हुँदाहुँदै पनि सार्वजनिक पद धारण गरेका उपमहानगरका मेयरसमेत रहेका व्यक्ति चौधरीले पत्रकार वा , लेखकमाथि गरेको असभ्य र धम्कीपूर्ण कमेन्ट गरेको भन्दै संगठनहरुले बिरोध जनाएका हुन् ।
प्रतिक्रिया