सडकले बाटो भत्काएपछीको जोखिमपूर्ण यात्रामा विद्यार्थीहरु
संखुवासभा । संखुवासभाको मकालु गाउँपालिका वडा नं. ५ आम्राङमा लडेर एक जनाको मृत्यु भएको छ । नुम बजारबाट आम्राङ फर्कदै गर्दा ४१ वर्षिय सुर्य बहादुर राईको लडेर मृत्यु भएको प्रहरीले जनाएको छ । उनको घटना स्थलमा नै मृत्यु भएको हो ।
अरुण तेस्रोले नुम बजारबाट आम्राङतर्फ निर्माण गरिरहेको सडकले पैदलबाटो भत्कीएपछी समस्या हुँदै आएको स्थानीय पत्रकार गंगा विष्टले बताए । बाटो नबनेपछी विगत ४ महिनादेखि मानिसहरु लहरा र डोरीको सहायताले ओहोरदोहोर गरिरहेका थिए । अप्ठ्यारो बाटोकै कारण राईको मृत्यु भएको पत्रकार विष्टले बताए ।
प्रतिक्रिया