सिलिचोङको राजश्व सुधार गर्न अभिमुखिकरण



ताम्कु । सिलिचोङ गाउँपालिकाको राजश्व सुधारका लागि कार्ययोजना तर्जुमा अभिमुखिकरण तथा कार्यशाला गोष्ठी सञ्चालन गरिएको छ । प्रदेश १ सरकार र सिलिचोङ गाउँपालिकाको साझेदारीमा गाउँपालिकाको सभाहलमा कार्यक्रम सुरु गरिएको हो ।

कार्यक्रममा सामुदायिक विकास मञ्च धनकुटाले परामर्श सेवा दिएका छन् । कार्यक्रममा गाउँपालिकाका जनप्रतिनिधी, प्रमुख प्रशासकीय अधिकृत, वडा सचिवहरु र राजश्व परामर्श समितिका पदाधिकारी र कर्मचारीहरुको सहभागिता रहेको छ । गोष्ठि स्थानीय तहले राजश्व संकलनको क्षेत्राधिकारको बारेमा जानकारी गराउदै आगामी ३ बर्षका लागि राजश्व सुधारका लागि कार्य योजना तय गरिने गाउँपालिका अध्यक्ष रामबहादुर कुलुङले जानकारी दिनुभयो ।

कार्यक्रममा सामुदायिक विकास मञ्चका प्रशिक्षकहरु नुसराज श्रेष्ठ, खेमराज निरौला र केदार दाहालले सहजिकरण गर्ने छन् ।

सम्बन्धित समाचार